Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
चाम्स इन्टरटेनमेन्टको तेस्रो प्रस्तुति रहेको चलचित्र “हेप्पी डेज” ले युकेमा आफ्नो इन्ड क्ल्याप गरेको छ | चलचित्रले इंग्ल्यान्ड , स्कटल्याण्ड र वयल्स हुदै युकेमा आएर चलचित्रको प्याक अप गरेको हो | चलचित्रको छायांकन सकिए संगै नायिका प्रियंका कार्की बाहेक सम्पूर्ण चलचित्र युनिट नेपाल फर्किएका छन् | नायिका प्रियंका कार्की भने युके देखि नै नया बर्ष मनाउनको लागि सिधै अमेरिका तर्फ प्रस्थान गरेकी छिन् | यस्तै चलचित्रका निर्देशक तथा निर्माता मिलन चाम्स पनि केहि दिनको बिदा र बिश्रामको लागि युके नै बसेका छन् | अबको केहि दिनमा आफ्नो अर्को चलचित्र “ब्लाइन्ड रक्स” को निर्देशनको तयारीका साथ उनि नेपाल फर्किने कुरा उनले जानकारी दिएका छन् |
happy-days
निर्देशक तथा निर्माता मिलन चाम्सको “हेप्पी डेज” तेस्रो चलचित्र हो | उनले यो भन्दा अगाडी “हँसिया” र यस बर्षको सफल चलचित्र “वीर विक्रम” को निर्माण अनि निर्देशन गरिसकेका छन् | त्यस्तै उनले आफ्नो यो तेस्रो चलचित्र निकै नै खास रहेको कुरा पनि बताएका छन् | चलचित्रमा आफुले धेरै नै मेहेनत गरेको र चलचित्रको मेकिङमा कुनै पनि किसिमको कम्प्रोमाइज नगरेको दाबि समेत उनले गरेका छन् | त्यस्तै आफुले यो चलचित्र पैसा कमाउनको लागि नभएर नेपाली चलचित्रको मेकिङमा केहि नया कुराको उपयोग गर्नुको साथै नेपाली चलचित्रको स्तरलाई माथि सम्म लैजानको लागि निर्माण गरेको बताएका छन् | दर्शकहरुले यस चलचित्रमा अहिले सम्मको नेपाली चलचित्रमा प्रयोग नभएका प्रविधिको साथमा बिदेशका मनोरम दृश्यको पनि अबलोकन गर्न पाउनु हुने कुरा उनले उल्लेख गरेका छन् |
happy-days
त्यस्तै चलचित्रमा प्रस्तुत मनोरंजनका खुराकहरुले समस्त दर्शकहरुको मन जित्ने विश्वास समेत उनले ब्यक्त गरेका छन् | त्यस्तै उनले आफ्नो चलचित्रको निर्माणका लागि सहयोग गर्नुहुने सपन इन्टरटेनमेन्ट लगाएत सबैलाई हृदय देखि नै कृतज्ञता ज्ञापन गरेका छन् | सम्भवत यो चलचित्र नेपाल बाहिर बिदेशमा त्यो पनि सम्पूर्ण कुराहरुको पूर्ति भएर निर्माण भएको पहिलो चलचित्र रहेको छ | अहिले सम्म यो हिसाबले कुनै पनि चलचित्रको निर्माण नभएको दाबी निर्माण पक्षेले गरेको छ | चलचित्रका निर्माता तर्फ भवानी शर्मा , हिराल जोशी र मिलन चाम्स रहेका छन् | त्यस्तै बि.पी खनाल भने चलचित्रका प्रस्तोता रहेका छन् |
happy-days
चलचित्रमा दयाहाङ राई , प्रियंका कार्की , संजय गुप्ता , विक्की जोशी , मोनिका गुरुङ , रुपा पुन , रितेश चाम्स , जेन बकल , हुप थापा लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रमा सबै कलाकारहरुले अति नै उत्कृष्ट अभिनय गरेको र पक्कै पनि दर्शकहरुले सबैको कामलाई आत्मसाथ गर्नुहुने विश्वास निर्माता तथा निर्देशक मिलन चाम्सले राखेका छन् | नेपाली चलचित्र क्षत्रमा मिलन चाम्स एक ब्राण्डको रुपमा स्थापित भईसकेका छन् | उनले नेपाली दर्शकहरुको मनमा आफ्नो छुट्टै किसिमको पहिचान बनाईसकेका छन् |
happy-days
चलचित्रको कथा वस्तु निकै नै राम्रो रहेको र यसले दर्शकहरुको मन जित्ने विश्वास उनले ब्यक्त गरेका छन् | चलचित्र सबै बर्गको लागि मध्य नजर गर्दै तयार भएको र सबैले चलचित्रबाट भरपुर मनोरंजन लिन सक्ने कुरा पनि उनले उल्लेख गरेका छन् | चलचित्र कस्तो बनेको छ भनेर हेर्नको लागि भने सबैले केहि समय कुर्ने पर्ने हुन्छ | निर्माण पक्षेले दिएको जानकारी अनुसार चलचित्र आउदो बर्ष प्रदर्शनमा आउने छ | चलचित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्स अन्तर्गत गोबिन्द शाहीले लिनु भएको छ |

Leave a Reply

%d bloggers like this: