Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
राजधानीमा शुक्रवार सम्पन्न चलचित्र निर्माता संघको साधारण सभा देखि नया कार्य समितिको विस्तार भएको छ | चुनावी चहलपहलको हल्लाले बजार निकै तताए पनि अन्तयमा भने चुनाव हुन सकेन | सर्वसम्मतले सम्पूर्ण पदका उम्मेदवारीहरु निर्बिरोध चयन भए पछि निर्वाचन स्थगित भएको हो | यस हिसाबले चलचित्र निर्माता संघले आकाश अधिकारीको नेतृत्वको नया कार्य समिति प्राप्त गरेको छ | सबै पदमा हिजो नै फैसला भएता पनि निर्णय सहितको घोषणा भने आज भएको छ |
nirbachan
nirbachan
सर्वसम्मतले निर्माता तथा अभिनेता आकाश अधिकारीचलचित्र निर्माता संघको अध्यक्षको पदमा निर्बिरोध रुपमा चयन भएका छन् | त्यस्तै उपाध्यक्षमा निर्माता माधव वाग्ले र निर्माता तथा अभिनेता गोबिन्द शाही निर्बिरोध चयन भएका छन् | त्यस्तै सचिवमा छबि राज ओझा , महासचिवमा रोज राणा र कोषाध्यक्षमा सुशील पोखरेल निर्बिरोध रुपमा चयन भएका छन् |
nirbachan
nirbachan
nirbachan
त्यसै गरि सदस्यमा भानुप्रताप , करिश्मा मानन्धर , दिपेन्द्र के खनाल , दिपक राज गिरी , चेतन सापकोटा , रौनक विक्रम कडेल , अर्जुन कुमार , रोहित अधिकारी र निकिता पौडेल सहित ९ जनाको टोलि सर्वसम्मतले चयन भएका छन् | ११ जनाको टोलीको मनोनयन दर्ता भएता पनि अन्तिममा निश्चल बस्नेत र सुशान्त श्रेष्ठले आफ्नो मनोनयन फिर्ता लिएपछि सदस्यको टोलीको पनि टुंगो लागेको हो | कार्यक्रममा अधिकांश चलचित्रकर्मी तथा निर्माताको साथमा निर्देशकहरुको पनि झाम्घट भएको थियो | निर्वाचित सबैलाई उपस्थित सबैले भव्यताका साथ अविर र टिका लगाई स्वागतको साथमा बधाई समेत दिएका थिए |
nirbachan
nirbachan
यसै गरि पत्रकार संगै कुरा गर्दैचलचित्र निर्माता संघ नया कार्य समितिका अध्यक्ष आकाश अधिकारीले अब आफ्नो टिमले कामले बोल्ने र सहि कुराको कार्यान्यन गरेर देखाउने कुरा बताउनु भएको छ | त्यस्तै उपाध्यक्ष गोबिन्द शाहीले अबको कार्यसमिति निकै मजबुत रहेको र नेपाली चलचित्र जगतको मुहार अब भने फेरिने विश्वास ब्यक्त गर्नुभएको छ | त्यसै गरि निर्माताहरुको हक हितको लागि र नेपाली चलचित्र क्षत्रको विकासको लागि आफुहरुले निकै कडा रुपले काम गर्ने प्रतिबध्ता समेत उहाले जाहेर गर्नुभएको छ |

Leave a Reply

%d bloggers like this: