Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
नेपाली चलचित्र क्षत्रको इतिहास धेरै लामो रहेको छ | आजको दिन सम्म हाम्रो चलचित्र क्षत्र आइपुग्नुमा धेरै व्यक्तिहरुको योगदानको साथमा उल्लेखनीय भूमिका रहेको छ | यस्तै एक सफल कलाकार हुनुहुन्छ अभिनेता श्रीकृष्ण श्रेष्ठ | उहाले आफ्नो लामो समय अझ भन्नु पर्दा आफ्नो जीवन नेपाली कलाकारिता क्षत्रमा व्यतित गर्नुभयो | आज उहा हामी माझ हुनुहुन्न | उहाले केहि समय अगाडी हामी सबैलाई यो संसार देखि छोडेर धेरै टाढा जानु भयो | तर उहाको काम उहाको योगदान सधै जीवित रहेको छ र उहा हामी सबैको मनमा सदाको लागि अमर पनि रहनु भएको छ |
shweta-khadka
आजको दिन दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्म दिन परेको छ | यहि अवसरमा उहाको श्रीमती नायिका स्वेता खड्काले राजधानीमा एक कार्यक्रम आयोजनाको साथमा घर आँगन नेपाल नामक सामाजिक संस्थालाई १ लाख ५० हजार सहयोग गरेकी छिन् | पछिल्लो समय उनि सफल ब्यवसाईको साथमा समाज सेवामा समेत निकै अग्रसर रहेकी छिन् | त्यस्तै उनले कार्यक्रममा बोल्दै आफुले यसरि सहयोग गर्न पाउदा निकै खुशी भएको र आफ्नो यो कामले आफ्नो श्रीमान श्रीकृष्ण श्रेष्ठलाई पनि धेरै खुशी मिल्ने विश्वास व्यक्त गरेकी छिन् |
shweta-khadka
दरबारमार्ग स्थित उनको आफ्नै हिमालयन जावा कफी सपमा उनले उक्त कार्यक्रमको आयोजना गरेकी हुन् | कार्यक्रममा केहि बिशिष्ट कलाकारहरुको साथमा थुप्रै पत्रकारहरुको पनि उपस्थिति रहेको थियो | उनले अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला मार्फत संस्थाका अध्यक्ष दीपक सिलवाललाई चेक हस्तान्तरण गरेकी हुन् । त्यस्तै उनले आफ्नो श्रीमान श्रीकृष्ण श्रेष्ठले आफ्नो जन्म दिनमा सधै यसरि नै कुनै न कुनै समाजसेवामा आफ्नो हात बढाउनु हुन्थ्यो र आफुले त्यहि शिलशिलालाई निरन्तरता दिएको कुरा प्रष्ट पारेकी छिन् | उपस्थित सबैले स्वर्गीय अभिनेत श्रीकृष्ण श्रेष्ठलाई मन देखि सम्झेका पनि थिए |

Leave a Reply

%d bloggers like this: