Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको बजार व्यवस्थापन अहिले निकै राम्रो हिसाबले अगाडी बढेता पनि यो बेलामा समेत अधिकांश कलाकारहरुले आफ्नो सांगीतिक यात्रालाई अगाडी निरन्तरता दिन सकेका छैनन | तर यसको अर्थ सबै कलाकारहरुले आफ्नो यात्रालाई बिश्राम दिएका भने होइनन | अहिले पनि धेरै नयाको साथमा पुराना कलाकारहरुले पनि आफ्नो सांगीतिक यात्रालाई अग्रसर रुपमा अगाडी बढाईरहेका छन् | यस्तै एक कलाकार हुन् गायक सुसन साम्सोहाङ लिम्बु |
susan-samsohang-limbu
बिगत लामो समय देखि नेपाली सांगीतिक क्षत्रमा आफ्नो योगदान दिदै आइरहेका गायक हुन् सुसन साम्सोहाङ लिम्बु | उनले आफ्नो जीवनको धेरै समय नेपाली गीत संगीतमा खर्चेका छन् | यो हिसाबले दर्शक श्रोता माझ पनि उनको छुट्टै किसिमको पहिचान रहेको छ | उनले आफ्नो सांगीतिक यात्रालाई आजको दिन सम्म पनि निरन्तरता दिन सफल भएका छन् | बदलिदो समयको परिवेश संगै आफ्नो आफ्नो प्रस्तुतिमा पनि परिवर्तनका धेरै कुराहरु लिएर आएका छन् | उनले अहिलेको दर्शक श्रोताहरुको टेस्टलाई मध्य नजर गरेर आफ्नो प्रस्तुति बाहिर लिएर आउने प्रयास गरिरहेका छन् |
susan-samsohang-limbu
susan-samsohang-limbu
उनि नेपाली गीत मात्र नभएर आफ्नो भाषिक लिम्बु गीतहरुमा पनि आफ्नो सक्रियेता निकै अब्बल रुपमा जनाईरहेका छन् | यसै गरि उनको अब चाडै नै नया लिम्बु गीत बाहिर सार्वजनिक हुने तयारीमा रहेको छ | रचनाकार यासेली योङहाङको शब्द अनि अशोक लोहारुङ राईको संगीतमा सजिएको “फुङवाम नुमा फुङवाम” बोलको गीतमा उनले आफ्नो सुमधुर स्वर भरेका छन् | यस्तै उनलाई यस गीतमा गायिका मन्जु साम्बाहाम्फेले स्वरमा साथ् दिएकी छिन् | गीतको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ जसको भर्खरै मात्र छायांकन पुरा भएको छ | निर्देशक युगल पोमोको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मोडल सबिन तुम्बाहाम्फे र सानु नेम्वाङले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् |
susan-samsohang-limbu
गायक सुसन साम्सोहाङ लिम्बुको अनुसार यस गीतको म्युजिक भिडियो अब चाडै नै सार्वजनिक हुनेछ | त्यस्तै उनले यस अलावा अरु नया गीतको कामहरु पनि अहिले गरिरहेका छन् | दर्शक श्रोताहरुको लागि आफ्नो तर्फबाट धेरै राम्रा राम्रा गीतहरु बाहिर आउने तयारी अवस्थामा रहेको कुरा उनले बताएका छन् | दर्शकहरुले आफुलाई दिएको माया अनि साथको लागि उनले सबैलाई आफ्नो तर्फबाट धन्यवाद समेत ज्ञापन गरेका छन् | त्यस्तै उनले जे जस्तो परिस्थिति आएता पनि आफ्नो सांगीतिक यात्रालाई भने पूर्ण बिराम कहिले पनि नदिने प्रतिबध्ता उनले जाहेर गरेका छन् | आफ्नो गीतलाई सुनेर हेरेर आफ्नो प्रतिक्रिया जस्ताको त्यस्तै राखिदिनु र सधैब नेपाली गीत संगीतलाई माया गरिदिनुहुन समस्त दर्शक श्रोताहरु माझ उनले आफ्नो बिन्ति बिसाएका छन् |

Leave a Reply

%d bloggers like this: