Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी देखि निकै चर्चामा आएको नेपाल निर्माता संघको चुनाबी कार्य अब नहुने भएको छ | हिजो बुधवार मनोनयन दर्ता प्रक्रिया सकिए संगै संघको अध्यक्षको पदमा आकाश अधिकारी निर्बिरोध रुपमा चयन भएका छन् | दिउँसो तीन बजेसम्म राखिएको मनोनयनको समयसीमा भित्र अध्यक्षमा एक मात्र उमेद्वारी परेपछि आकाश अधिकारी निर्विरोध चयन भएका हुन् |
nirmata-sang
बिगत २२ बर्ष देखि उनि नेपाली चलचित्र क्षत्रमा आफ्नो योगदान दिदै आइरहेका छन् | निर्माता, निर्देशक तथा अभिनेता समेत रहेका अधिकारीको पक्षमा समग्र चलचित्र उद्योग अनि चलचित्रकर्मी उभिएपछि उनको विरुद्धमा कसैको पनि उमेद्वारी परेन ।
यसै गरि निर्माता संघको महासचिव पदमा अभिनेता तथा निर्माता सरोज थापा (रोज राणा) निर्विरोध चयन भएका छन् । उपाध्यक्षको पदको लागि कम्मर कसेर पछि परेका उनले अन्तिममा आएर आफ्नो निर्णय परिवर्तन गरेर महासचिव पदमा मनोनयन दर्ता गरेका थिए |
यसै गरि संघको सचिवको पदमा वर्तमान सचिव निर्माता छबिराज ओझा निर्बिरोध चयन भएका छन् | यस्तै कोषाध्यक्षमा सुशिल पोखरेलको विरुद्धमा पनि कसैको उमेद्वारी परेन | यसै गरि बाँकी रहेको उपाध्यक्ष र सदस्यको पदको बारेमा पनि आज टुंगो लागेको छ | उपाध्यक्षको लागि हिजो गोबिन्द शाही , माधव वाग्ले र केशव भट्टराईको भिडन्तको चर्चा रहेको थियो |
gobind-shahi
तर आज सबै कुराको टुंगो लागेको छ | निर्माता तथा अभिनेता केशव भट्टराईलाई बरिष्ट उपाध्यक्षको पदमा राखी वर्तमान उपाध्यक्षको लागि भने सर्वसम्मतले गोबिन्द शाही र माधव वाग्ले चयन भएका छन् | त्यसै गरि कार्य समितिका सदस्यहरु पनि सर्वसम्मतले चयन भएका छन् | १५ सदसिय कार्य समिति ३ बर्षको रहने छ ।

Leave a Reply

%d bloggers like this: