Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
आउदो फाल्गुन २७ गते प्रदर्शन मिति तोकेको चलचित्र “दर्पण छाँया २” को अहिले डबिङ कार्य सुरु भएको छ । पुराना निर्देशक तुलसी घिमिरे निर्देशित यो फिल्मको चक्रपथ स्थित भेनस रेकर्डिङ स्टुडियोमा यसै सातादेखि स्वराङ्कन कार्य सुरु भएको हो । चलचित्रको डविङकै लागि गत साता अमेरिकादेखि नायिका साहारा नेपाल आएकी हुन् |
sahara-darpan-chhaya-2
अहिले चलचित्रका नायक पुष्प खड्का र नायिका साहारले आफ्नो स्वर डव गराइरहेका छन् । छायांकन सकिए संगै डेब्यु नायिका साहारा अमेरिका फर्केकी थिइन् | त्यस पश्च्यात उनि अहिले मात्र नेपाल आएकी हुन् | पढाईको कारणले इच्छा हुदा हुदै पनि धेरै समय आफु नेपाल बस्न नपाएको कुरा समेत उनले बताएकी छिन् | डबिङको काम सकिए लगतै अर्को साता फेरी उनि अमेरिका फर्किनेछिन् |
darpan-chaya
darpan-chaya
चलचित्रको निर्देशन संगै लेखनको काम समेत निर्देशक तुलसी घिमिरेले गरेका हुन् | चलचित्रका निर्माता तर्फ भने सावु गदाल कार्की र रवि कार्की रहेका छन् | चलचित्रमा पुष्प र साहारा संगै फिरोज तिमल्सिना, श्रद्धा प्रसाईं, भारती घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई युवा पिडिको चलचित्रको नाम समेत दिइएको छ | चलचित्रको कथा वस्तु र प्रस्तुति संगै गीत संगीत चलचित्रको अब्बल पक्षे रहेको कुरा निर्माण पक्षेले बताएको छ | चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास निर्देशक तुलसी घिमिरेले ब्यक्त गरेका छन् |
हेर्नुस टिजर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: