Wed. May 8th, 2024

मनोरंजनसंसार डटकम
भर्खरै मात्र “ए मेरो हजुर २” को सम्पूर्ण छायांकन सकेर बसेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अर्को नया चलचित्रमा अनुबन्दित भएकी छिन् | कलाकार शिशिर राणाको निर्माण तथा निर्देशनमा तयार हुन लागेको चलचित्र “तिमीसंग” मा उनि अनुबन्धित भएकी हुन् | आफ्नो पहिलो डेब्यु चलचित्र “ड्रिम्स” देखि नै सम्भावना बोकेकी नायिकाको उपाधि पाएकी उनले धेरै पुरस्कारहरु समेत जितिसकेका छन् | उनको अभिनयको यति बेला अधिकांश दर्शकहरुको फ्यान हुनु हुन्छ |
यस्तै यस चलचित्रमा उनि संग नायक आकाश श्रेष्ठ र नाजिर हुसेनले रोमान्स गर्नेछन् | साम्राज्ञी र आकाश पहिले फाइनल भएका हुन् भने नाजिरको इन्ट्री भने भर्खरै मात्र भएको हो | चलचित्रको कथा वस्तु निकै राम्रो लागेको र आफ्नो पात्र आफुलाई न्याय पूर्ण लागेको हुनाले नै चलचित्रको लागि आफु तयार भएको कुरा नायक नाजिर हुसेनले बताएका छन् | यति बेला उनलाई मनपराउने दर्शकहरुको संख्या पनि कम भने छैन |
timi-sanga
सम्भवत यो चलचित्र साम्राज्ञी र नाजिरको संगै काम गरेको पहिलो चलचित्र हो | यसरि एक अर्का संग संगै काम गर्न पाउदा निकै खुशी रहेको कुरा दुबैले बताएका छन् | निकै पहिले देखि नै एक अर्का संग चलचित्रमा संगै काम गर्ने इच्छा भएको तर समय र परिस्थिति नमिलेर सम्भव नभएको कुरा दुबैले उल्लेख गरेका छन् | अहिले संगै काम गर्ने मौका मिलेको छ नया अनुभवको साथमा निकै राम्रो काम हुने विश्वास दुबैले ब्यक्त गरेका छन् | यता अर्का उदाउदो नायक आकाश श्रेष्ठले पनि यस चलचित्रमा आफुले निकै मेहेनत गर्ने कुरा बताएका छन् | उनले यस अघि “म त तिम्रै हुँ” चलचित्रमा काम गरिसकेका छन् | उनले त्यसै चलचित्र मार्फत नेपाली चलचित्र जगतमा पाईला समेत राखेका हुन् |
निर्माण पक्षेको अनुसार चलचित्रको यसै साता देखि वोर्क्सप सुरु भएको छ | चलचित्र यहि पुस १५ देखि छायांकनको लागि अगाडी बढ्ने कुरा निर्देशक तथा निर्माता शिशिर राणाले बताएका छन् | चलचित्रको काठमाडौँ , पोखरा र जनकपुर लगाएतका ठाउँहरुमा छायांकन हुनेछ |

Leave a Reply

%d bloggers like this: