Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
केहि दिन अगाडी मात्र बिराटनगर आफ्नो फुपु घरमा निधन हुनु भएका कलाकार स्वर्गीय आरपी भट्टराई “लादालाम” को १२ औँ दिनको पुण्यतिथीमा मंगलवार राजधानीमा एक कार्यक्रम बीच उनको तश्विरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको छ | नेपाल प्रज्ञा प्रतिष्ठान भवन परिसरमा आयोजित कार्यक्रममा अधिकांश कलाकारहरुको उपस्थिति रहेको थियो | सबैले उनलाई सम्झेर उनको आत्माको चिर शान्तिको लागि कामना समेत गरेका थिए |
rp-bhattarai-rip
कार्यक्रममा उपस्थित नेपाली कांग्रेस नेता तथा सभासद रामहरी खतिवडाले आरपीको शरिरमा श्रद्दाञ्जली दिदै उनि संग आरपीको पछिल्लो भेटको केहि कुरा पनि सुनाए | तत्कालिन भेटेको व्यक्तिलाई अकस्मात गुमाउनु पर्दा आफुलाई सारै दुख लागेको कुरा पनि उनले बताएका छन् |
haribansa-acharya-rp-bhattarai-rip
यस्तै कार्यक्रममा हास्य जगतका अधिकांश कलाकारहरुको ठुलो उपस्थित रहेको थियो सबैले आरपी भट्टराईले संसार छोडेको कुरामा अझै पनि विश्वास नलागेको कुरा बताएका थिए | त्यसै गरि नेपाली चलचित्रका बिशिष्ट व्यक्तिहरुको साथमा निर्देशक , निर्माता देखि अरु थुप्रै कलाकारहरुको पनि त्यहाँ बाक्लो सहभागिता रहेको थियो |
rp-rip-youraj-chaulagain
ramhari-khatiwoda-rp-bhattarai-rip
४२ बर्षे आरपीले आज भन्दा १२ दिन पहिले विराटनगरमा फुपुको घरमा गएको बेला मधुमेहका कारण हृदयघात भएर ज्यान गुमाएका थिए | मनोरंजनसंसार डटकम परिवारको तर्फबाट हामी सबै उहाको आत्माको चिर शान्तिको लागि कामना गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौ |

Leave a Reply

%d bloggers like this: