Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
दुर्गिस फिल्म्सको ब्यानरमा निर्माणको तयारीमा रहेको चलचित्र “लाउरे” को लागि निर्देशक निगम श्रेष्ठलाई निर्माता सुनिल रावलले १७ लाख पारिश्रमिक प्रदान गरेका छन् | यो अहिले सम्मकै ठुलो रकम समेत रहेको छ | चलचित्रको कथा वस्तु अधिक उत्कृष्ट भएकोले नै आफुले यो ठुलो रकम चलचित्रको लागि निर्देशक निगमलाई प्रदान गरेको कुरा निर्माता सुनिल रावलले बताएका छन् |
चलचित्रको छायांकनमा आफुहरु अब चाडै नै जाने तयारीमा रहेको कुरा समेत निर्माता रावलले जानकारी दिएका छन् | चलचित्रको छायांकन धरान , दार्जेलीङ , इलाम र काठमाडौँ लगाएतका ठाउँमा हुने कुरा समेत उनले उल्लेख गरेका छन् | चलचित्रको बारेमा कुनै पनि अरु कुरा भने उनले बाहिर खुलासा गरेका छैनन् |

Leave a Reply

%d bloggers like this: