Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीत क्षत्रलाई यति बेला नियालेर हेर्ने हो भने धेरै कुराको परिवर्तनको महसुस सबैलाई हुन आउछ | गीत संगीतको शैली देखि कलाकार सम्मको अधिकांश कुराहरुमा यति बेला फेरबदल भईरहेको अवस्था छ | पछिल्लो समय नेपाली गीत संगीतमा आइरहेको यी धेरै परिवर्तन संगै तिब्र गतिमा नया कलाकारहरुको आगमन पनि यो क्षत्रमा बढ्दो देखिएको छ | नया कलाकारहरुको आगमनले नया प्रस्तुतिको जन्म समेत गराएको छ | तर यो बिचमा समेत धेरै कलाकारहरु रहरले यो क्षत्रमा प्रवेश गरे र बिस्तारै यहाँबाट पलायन समेत हुन बाध्य भए | समयको गतिलाई सहि ढंगले पछ्याउन नसक्दा धेरैले यो क्षत्रबाट बिदा समेत लिनु पर्ने अवस्था आयो | तर यो सारा समस्याहरु संग जुधेर पनि आफ्नो पाईला अगाडी निरन्तर बढाईरहेका कलाकारहरु पनि हामी माझ कम्ति संख्यामा भने छैनन | यहि संख्या भित्र पर्न सफल एक गायक हुन् किरण गजमेर | उनलाई गायकको मात्र उपनाम दिदा यति बेला उनलाई अन्याय गरे जस्तो हुन्छ | उनि बहुमुखी प्रतिभाको धनि व्यक्ति हुन् | कला उनमा भगवानले मन लगाएर भरेका छन् | उनि गायक मात्र नभएर कुशल गीतकार , कम्पोजर र संगीतकार समेत हुन् |
kiran-gajmer
निकै कम समयमा नेपाली गीत संगीतको आकाशमा चम्किलो तारा भएर चम्किरहेका छन् उनि यति बेला | उमेर सानो भए पनि कला भने उनमा प्रगाड नै रहेको छ | नेपाली गीत संगीतमा उनले लामो समय देखि आफ्नो समय खर्चिरहेका छन् | सानै देखि नेपाली गीत संगीतमा रमेका उनि गीत संगीतलाई बुझेपछि भने नेपाली गीत संगीतमै समर्पित भएर काम गरिरहेका छन् | अमेरिका बसोबास उनको लामो समय देखि हो तर उनलाई बिदेशीको छाँयाले भने कहिले पनि छुन सकेन | उनि सधै आफ्नो देश र भाषा अनि संस्कृति प्रति निष्ठावान भएर अगाडी बढिनै रहे | उनले नेपाली दर्शक श्रोताहरुको लागि धेरै आफ्ना प्रस्तुति पेश गरिसकेका छन् | छोटो समयमा दर्शक श्रोताहरुको मनमा राज गर्न सफल कलाकार मध्यको एक उनि पनि हुन् |
kiran-gajmer
“मर्छु सजिलै” र “इटहरीको सुकुटी” लगाएतका उनका गीतहरु यस्ता गीत हुन जसलाई दर्शक श्रोताहरुले मनमा सजाएर नै राखेका छन् | उनको स्वरको जादुमा नरमेका व्यक्तिहरु हामीले अहिले सायेदै भेट्ने छौ होला | नेपाली चलचित्र क्षत्रमा समेत उनले आफ्नो स्वरको जादु चलाईसकेका छन् | केहि समय अगाडी मात्र उनको स्वरमा सजिएको “छपक्कै” बोलको “राधा” चलचित्रको गीतले नेपाली चलचित्र जगतमा निकै नै राम्रो सफलता हासिल गर्यो | उनको आगमनले नेपाली गीत संगीत क्षत्रको माहोल नै धेरै हद सम्म परिवर्तन र विकासको दिशा तर्फ मोडिएको छ | जस्तो सुकै गीतलाई समेत आफ्नो शैलीले मिठो तरिकाले प्रस्तुत गर्न सक्ने खुबी भएका व्यक्ति उनि हुन् | उनमा माता सरस्वतीको बास रहेको छ भनेर यति बेला हामीले भन्दा फरक नपर्ला | उनको स्वर अनि प्रस्तुतिमा लालाहित नहुने व्यक्तिहरु यति बेला कमै मात्र होलान |
kiran-gajmer
यति बेला उनि निकै ब्यस्त रहेका छन् | उनि यति बेला आफ्नो नया एल्बमको तयारीमा अधिक तिब्र हिसाबले जुटिरहेका छन् | त्यसका साथमा अरु नया तथा पुराना कलाकारहरुको गीतमा समेत उनले आफ्नो संगीत र कम्पोजिसन दिदै आईरहेका छन् | यसका अलावा उनि नेपाली चलचित्रको गीत संगीतमा पनि आफ्नो समय दिइरहेका छन् | आजको यो समयमा उनलाई खोज्ने व्यक्तिहरुको ठुलो ताती नै रहेको छ | बिदेशमा रहेर पनि नेपाली कला साहित्य र संस्कृतिलाई जोगाउने काम भने उनले बरोबर गरिनै रहेका छन् | आफ्नो नियमित कामलाई पनि संगै लिएर जादै बिदेशमा रगत पसिना बगाएर काम गरेर पनि नेपाली गीत संगीतको लागि भने उनलाई अलिकति पनि समयको कमि हुन दिएका छैनन | उनका प्रशंसकहरुको संख्या दिन प्रति दिन देशमा तथा बिदेशमा तिब्र गतिमा बढ्न थालेको छ | अमेरिकामा समेत सांस्कृतिक कार्यक्रम हुदा त्यहाँ उपस्थित नेपाली दर्शकहरुको लागि उनको प्रस्तुति कहिले पनि छुटेको छैन | उनि दर्शकहरुको मनोरंजनको लागि मरिमेटेर नै लाग्ने गर्दछन् फल स्वरूप आज उनि धेरै भन्दा धेरै दर्शक श्रोताहरुको मनमा आफ्नो छुट्टै पहिचान सहित स्थापित पनि रहेका छन् |
kiran-gajmer
kiran-gajmer
छोटो समयको आफ्नो यो सफलतालाई भने उनले दर्शक श्रोताको देन सम्झेका छन् भने आफ्नो लागि भगवानको स्वरूप समेत नेपाली दर्शक श्रोता नै रहेको कुरा पनि उनले बताएका छन् | आफुमा जति नै धेरै प्रतिभा भएता पनि दर्शकहरुको साथ अनि माया बिना आफु आजको यो स्थानमा पुग्न भने कहिले पनि नसक्ने कुरा उनले स्पष्ट पारेका छन् | आफ्नो प्रतिभाको सहि ढंगले मुल्यांकन गरि सम्मान गरिदिनु भएकोमा दर्शक श्रोताहरुले उनले हृदय देखि नै धन्यवाद ज्ञापन गरेका छन् | नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा पर्ने र जस्तो सुकै समस्या आएपनि यो क्षत्रबाट टाढा नजाने र सधैब नेपाली गीत संगीतमा नै आफ्नो जीवन व्यतित गर्ने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् | जहाँ रहनु भए पनि सधैब नेपाली गीत संगीतलाई सुनेर हेरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा आफुहरुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनु हुन सम्पूर्ण दर्शक श्रोता माझ उनले बिन्ति गरेका छन् |

Leave a Reply

%d bloggers like this: