Tue. May 7th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत संगीतको बजार व्यवस्थापन संगै धेरै जसो कुरामा परिवर्तन समेत आइसकेको छ | नेपाली युवा कलाकारहरुको नेपाली गीत संगीतमा क्षत्रमा जमात समेत बढ्न थालेको छ | यहि बिचमा धेरै कलाकारहरु रहरले आउनु भएको छ भने थुप्रै कलाकारहरु आफ्नो उत्कृष्ट प्रतिभाले अगाडी आउनु भएको छ | यहि भिडमा एक कलाकार हुन् रचनाकार सौरव तिम्सिना | निकै छोटो समयमा आफ्नो प्रस्तुतिले अधिकांश दर्शकहरुको मनमा राज गर्ने कलाकारको सुचिमा उनको नाम सम्मानीय हिसाबमा स्थापित रहेको छ | केहि समय अगाडी “मर्छु सजिलै” बोलको गीत जसलाई उनले रचना गरेका थिए उक्त गीतले अधिकांश दर्शकहरुको मन जित्न सफल रहयो | धेरैले त उनको नामको गुनगान समेत गाए | निकै कम उमेरमा समेत यति उत्कृष्ट रचनाको निर्माण गर्न सक्ने उनको यस प्रतिभा प्रति धेरै लालाहित समेत भएका छन् |
sourav-timsina
उनि अब आफ्नो नया प्रस्तुतिहरुको लागि बेजोड तरिकाले तयारी समेत गरिरहेका छन् तर त्यसको साथमा उनले अरु नया कलाकारहरुको लागि पनि रचनाको निर्माण गरिनै रहेका छन् | यहि हिसाबमा उनको रचनामा अब चाडै नै गायक बिनोद गुरुङले आफ्नो प्रस्तुति दिने तयारीमा रहेका छन् | रचनाकार सौरव तिम्सिनाको शब्द र बाबु बोगटीको संगीतमा तयार भएको गीतमा गायक बिनोद गुरुङले आफ्नो सुमधुर स्वार भरेका छन् | गीतलाई अरेन्ज गर्ने काम भने चांद सिंहले गरेका छन् |
sourav-timsina
गीतको म्युजिक भिडियो समेत अत्यन्त राम्रो बनेको कुरा निर्माण पक्षेले बताएको छ | मनि राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा पुर्णि गुरुङ र समिर समिर गुरुङले अभिनय गरेका छन् | उनिहरुले केहि समय अगाडी मात्र “Mero Dance Cup USA 2016” को उपाधि समेत जितिसकेका छन् | उक्त प्रतियोगितामा पुर्णि गुरुङले प्रथम स्थान र समिर गुरुङले भने ५ औ स्थान हासिल गरेका थिए | यस गीतको म्युजिक भिडियोलाई निर्माण भने डी.बि गुरुङले गरेका छन् | गीतको सबै काम सकिसकेको र अब सबै काम अन्तिम चरणमा रहेको कुरा समेत निर्माण पक्षेले जानकारी दिएको छ | अबको केहि समयमा नै दर्शक श्रोताहरुले रचनाकार सौरव तिम्सिनाको नया गीत हेर्न अनि सुन्न पाउनु हुनेछ |
sourav-timsina
लामो समय देखि अमेरिकामा बसोबास गर्दै आइरहेका रचनाकार सौरव तिम्सिनाले नेपाली गीत संगीतको आफ्नो यात्रालाई भने पूर्ण बिराम लाग्ने अहिले सम्म पनि दिएका छैनन् | आफु जस्तो ठाउमा जुन स्थितिमा रहे पनि नेपाली गीत संगीत भने आफ्नो पहिलो प्राथमिकतामा पर्ने कुरा उनले बताएका छन् | रहर मात्र हैन धेरै मेहेनत साधना र लगाव पछि नै यस क्षत्रमा पाईला राखेको बताउने उनको कुरालाई उनको “मर्छु सजिलै” बोलको गीतले सत्य साबित गरिदिएको छ |
sourav-timsina
अत्ति नै प्रतिभावान व्यतिको रुपमा यति बेला उनि परिचित छन् | तर उनले यो सबै कुराको श्रेय भने नेपाली दर्शक श्रोतालाई दिएका छन् | उहाहरुको माया र साथको बिना यो सबै कुरा सम्भव नभएको कुरा पनि उनले उल्लेख गरेका छन् | त्यसै गरि उनले देशमा तथा बिदेशमा रहनु भएका नेपाली दर्शक श्रोताहरुलाई सधैब नेपाली गीत संगीतलाई हेरेर सुनेर माया अनि सम्मान गरेर आफु जस्तो कलाकारहरुलाई सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुन हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् |
हेर्नुस उनको पछिल्लो गीत :

Leave a Reply

%d bloggers like this: