Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
नेपालमा अब चलचित्र सेतो सुर्य को निर्माण हुने भएको छ | राजधानीमा मंगलवार आयोजित एक कार्यक्रम बीच उक्त चलचित्र निर्माणको घोषणाको साथमा शुभ मुर्हत समेत गरिएको छ | पुर्व प्रधानमन्त्री तथा राज नेताका रुपमा स्थापित नेकपा एमालेका बरिष्ट नेता केपी शर्मा ओलीको जीवनीमा चलचित्र निर्माण हुन लागेको हो | चलचित्र निर्माण घोषणा कार्यक्रममा प्रमुख अतिथि र नायक केपी शर्मा ओली , नेता प्रदिप ज्ञवाली , नेपाल कलाकार संघका अध्यक्ष राम कृष्ण बोगटी , तुलशी घिमिरे लगाएत थुप्रै बिशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो | कार्यक्रममा अत्याधिक दर्शक र पत्रकारहरुको समेत बाक्लो सहभागिता रहेको थियो |
rato-surya
कार्यक्रममा बोल्दै नेता प्रदिप ज्ञवालीले राज नेता केपी शर्मा ओलीको जीवनीलाई पर्दामा उतार्न त्यति सजिलो नभएकोले बरु धेरै समय लिएर भएपनि धेरै कुरामा अधिक ध्यान पुराएर मात्र चलचित्र निर्माण गर्न निर्माण पक्षेलाई उनले सल्लहा सुझाब दिएका थिए | त्यस्तै उनले केपी शर्मा ओलीले देशको राजिनिती र संग्रह देशको वातावरणमा गरेको आमुल परिवर्तनको केहि खुलाशा समेत गरेका थिए | उपस्थित सबैले उनको कुरामा समर्थन समेत जनाएका थिए | त्यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट कलाकारहरुले समेत निर्माण पक्षेले यस चलचित्रको लागि बधाई तथा शुभकामना दिएका थिए |
rato-surya

कार्यक्रममा राज नेता तथा कार्यक्रमका प्रमुख अतिथि केपी शर्मा ओलीले निर्माण पक्षेले बधाई तथा शुभकामना दिदै नेपाली कला साहित्य र संस्कृतिको बिषयमा केहि विश्लेषण समेत गरेका थिए | उनको संवादले उपस्थित सबैको ध्यान समेत आकर्षण गरेको थियो | सबैले उनलाई निकै जोड तोडका कार्यक्रममा स्वागत गरेका थिए |
rato-surya

निर्देशक तथा निर्माता दिपेन्द्र प्रसाद दाहालले यस चलचित्रको निर्माण गर्न लागेका हुन् | यसका लेखक पनि उनि स्वयम नै हुन् | लामो समय देखि नेपाली चलचित्र क्षत्रमा निकै अनुभवी हिसाबले लागिपरेका उनले दर्शकहरुलाई नेपालको राजनीति रुपान्तरण र यसको भित्रि कुराहरुको विश्लेषण गर्नकै लागि यस चलचित्रको निर्माण गर्न लागेको कुरा बताए | यो सारा नेपालीको चलचित्र रहेको र यसले नेपालीत्वोको साथमा वास्तविक नेपाली राजनीतिको घटना क्रमको समेत राम्रो चित्रण गर्ने कुरा उनले बताए |
rato-surya
वोनडरस मुविज र कृयटिवको प्रस्तुति रहेको चलचित्रमा अनुपम शर्मा , कृपा बज्राचार्य , निरन्जन पौडेल , अन्जु निरौला , सरोज गुरागाईं , निशा कार्की , नविन लम्साल , विवेक रसाइली , सन्दीप श्रेष्ठ , पिटर प्रिन्स , जेम्स गिरि , नेन्सी गलेल , कृपा पोखरेल लगाएतका कलाकारहरुको अभिनय रहने छ | चलचित्रमा बिरेन्द्र प्रसाद भट्टको छायांकन , सानु कुमार महर्जनको द्वन्द र गोविन्द प्रभातको नृत्य निर्देशन समावेश रहने छ |

Leave a Reply

%d bloggers like this: