Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र आफ्नो सम्पूर्ण छायांकन सकेर सम्पादनमा बसेको चलचित्र रोमियो ले आफ्नो प्रदर्शन मिति तय गरेको छ | निर्माण पक्षेको अनुसार चलचित्र आउदो बर्षको बैशाख १९ गते देशभरका हलहरुबाट एकै साथ प्रदर्शन हुनेछ |
चलचित्रमा हस्सन रजा खान , निशा अधिकारी , ओशिमा बनु , विकास खतिवडा , बिपिन मिचे गुरुङ , मेलिना मानन्धर , अफिषा श्रेष्ठ , शार्धा सिलवाल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहने छ | चलचित्रको निर्माताको रुपमा एच आर के प्रोडक्सन रहेको छ | चलचित्रको कथा लेखनको काम भने किरण माइकल घिमिरेले गरेका हुन् | चलचित्रमा अस्ट महर्जनको द्वन्द र रामेश्वर कार्कीको छायांकन रहेको छ |
चलचित्रको नामले चलचित्र लव स्टोरी जेनेरमा तयार हुदै गरेको स्पस्ट पार्दछ | निर्माण पक्षेको अनुसार चलचित्रमा लव स्टोरी र एक्शनको राम्रो मिश्रण रहेको छ | चलचित्रलाई शंकर कार्कीले निर्देशक गरेका हुन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: