Fri. May 10th, 2024

मनोरंजनसंसार डटकम
नेपाल हिन्दु राष्ट्र मात्र नभएर चाड बाड रिति रिवाज संस्कृति र पर्वले पनि भरिभराउ देश हो | हाम्रा देशका नेपालीहरु चाहे जुन भाषा संस्कृति र जातको भएपनि एकै ठाउमा एक जुट भएर रमाउने गर्दछन् | संस्कृतिक कार्यक्रममा रमाइलोको माहोल सृजना हुन्छ त्यसमा गीत संगीतको पनि ठुलो हात हुने गर्दछ | यसै बिच धरानमा मंगलवार यमरी उत्सव २०७३ को उपलक्ष्यमा भब्य सभ्य एक कार्यक्रमको योजना पनि गरियो | यसै कार्यक्रममा त्यहाँ उपस्थित दर्शक श्रोताहरुलाई मनोरंजन प्रदान गर्न धमाकेदार प्रस्तुतिका साथ उपस्थित भए गायक सुमन श्रेष्ठ ( संगम ) | उनको प्रस्तुतिलेले त्यहाँ धेरै दर्शकहरुलाई खुशी तथा रमाइलो प्रदान पनि गर्यो | कार्यक्रम हेर्न अत्याधिक दर्शकहरुको घुइचो रहेको थियो |
suman-shrestha-sangam
suman-shrestha-sangam
उनले आफ्नो थुप्रै गीतहरु गएर उपस्थित दर्शकहरुलाई मनोरंजन प्रदान गरेका थिए | त्यहाँ उपस्थित सबैले उनको गीतबाट आनन्द लिए | सबैले उनको खुलेर प्रशंसा समेत गरे | उनको स्वरको जादु र उत्कृष्ट गीतहरुले दर्शकहरुको मनमा राज नै गर्यो | यसरि दर्शकहरु माझमा उभिएर आफ्नो प्रस्तुति दिन पाउदा आफुलाई निकै खुशी मिलेको कुरा गायक सुमन श्रेष्ठ ( संगम ) ले बताएका छन् | दर्शकहरुको माया र साथले आफुलाई अगाडी बढ्नको लागि ठुलो हौसला मिलेको कुरा पनि उनले उल्लेख गरेका छन् |
suman-shrestha-sangam
suman-shrestha-sangam
लामो समय देखि नेपाली गीत संगीतमा सर्जकको रुपमा लागिरहेका उनि नेपाली गीत संगीतमा नै आफ्नो जीवन व्यतित गर्ने कुरा पनि बताउछन् | उनले धेरै गीतहरु दर्शकहरु माझ प्रस्तुत गरिसकेका छन् | यसै बीच उनले केहि दिन अगाडी मात्र आफ्नो नया “हामी साथी साथी” बोलको गीत दर्शकहरुको माझमा सार्वजनिक गरेका थिए | गोपाल दाहालको शब्द , बसन्त सापकोटाको संगीत र स्वयम आफ्नो सुमधुर आवाजमा उनले “हामी साथी साथी” बोलको गीत बाहिर सार्वजनिक गरेका हुन् | गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो तयार भएको छ | ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकनमा स्वयम गायक सुमन श्रेष्ठ ( संगम ) ले यस गीतको म्युजिक भिडियोलाई निर्देशन गरेका छन् | यस गीतबाट उनले निर्देशन तर्फ पनि आफ्नो पाईला अगाडी सारेका छन् |
suman-shrestha-sangam
suman-shrestha-sangam
पेशाले उनि एक कुशल इन्जिनियर पनि हुन् तर संग संगै नेपाली गीत संगीतमा पनि निकै नै सक्रिय भएर लागिपरेका छन् | निकै कम समयमा आफ्नो गाएकीको जादुले दर्शकहरुको मनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेका उनले अब भने निर्देशन तर्फ पनि आफ्नो कदम बढाएका छन् | उनि बहुमुखी प्रतिभाका धनि पनि हुन् | उनले आफु भित्रको रहेका नया कलाहरुलाई बाहिर लिएर आउने प्रयास गरिरहेका छन् | दर्शकहरुको मनोरंजनको लागि नै आफु लागिपरेको र उहाको साथ र मायाले नै आफुलाई अगाडी बढ्ने हौसलाको साथमा बाटो समेत तयार हुने उनको धारणा रहेको छ |
suman-shrestha-sangam
suman-shrestha-sangam
आफ्नो पछिल्ला गीतहरु जस्तै अब अगाडी अझै राम्रो र उत्कृष्ट प्रस्तुति लिएर आउने कुरा उनले बताए | युवा गायकको रुपमा परिचित उनले अब भने युवा निर्देशकको दर्जा समेत पाइसकेका छन् | आफ्नो यो दर्जालाई समेत सहि ढंगले सधुपयोग गर्ने उनले बताए | अब अगाडी दर्शकहरुको चाहना र टेस्टलाई मध्य नजर गरेर नया प्रस्तुति तयार गर्ने विश्वास उनले ब्यक्त गरेका छन् | सधैब नेपाली गीत संगीतलाई सुनेर हेरेर नेपाली कलाकारहरुलाई समेत माया र सम्मान गरेर आफ्नो प्रस्तुतिहरुको सहि ढंगले मुल्यांकन गरेर सल्लहा सुझाबको साथमा अगाडी बढ्नको लागि हौसला प्रदान गरिदिनु हुनको लागि दर्शक श्रोताहरुलाई उनले हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: