Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
पुस ८ गतेको प्रदर्शन मिति तय गरेको चलचित्र “साया” ले आफ्नो प्रदर्शन मिति केहि पर सारेको छ | चलचित्र अब पुस १५ गते प्रदर्शनमा आउने भएको छ | चलचित्रका निर्देशक प्रोमिश गुरुङको अनुसार केहि प्राविधिक कारण बस चलचित्रको प्रदर्शन मिति सरेको कुरा बाहिर आएको छ |
saya
चलचित्र युनिट यति बेला प्रचार प्रसारमा जुटेको छ | गढी माई फिल्म्सको प्रस्तुतिको रहेको चलचित्र सया मा टिना श्रेष्ठ , उमेश तामाङ्ग , प्रमिश गुरुङ , पुस्कर गुरुङ , शिला खनाल , भद्रगोल किराती , रश्मि भट्ट , बिरमाया गुरुङ , झनक कार्की , देव बहादुर गुरुङ , डिल गुरुङ , दिप्त कास्यक , सुरज मल्ल , सरोज कुमर पाण्डे र उमा पाण्डे लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रमा बाबुराम नेपालीको छायांकन , भरत क्षत्रीको द्वन्द निर्देशन र प्रमिश गुरुङको गीत संगीत समावेश रहेको छ | चलचित्रका निर्देशक प्रमिश गुरुङ रहेका छन् | त्यसै गरि चलचित्रका निर्माता तर्फ भने राम कृष्ण मगर र सन्तोष गुरुङ रहेका छन् |
saya
चलचित्र टिमले केहि समय अगाडी मात्र एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरेको थियो | नेपाली मौलिकता संगै केहि फरक कुराको मिश्रण पनि चलचित्रमा गरिएको कुरा निर्देशक प्रोमिश गुरुङले बताएका छन् | त्यस्तै चलचित्रले दर्शकहरुलाई मनोरंजन गराउने र कदापी निराश नबनाउने विश्वास पनि उनले ब्यक्त गरेका छन् |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: