Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
बिगत १४ बर्ष देखि नेपाली चलचित्र क्षत्रका निर्माताहरुको हक हितका लागि सक्रिय भएर अगाडी बढिरहेको नेपाल चलचित्र निर्माता संघ को १४ औ साधारण सभा यहि पुस २ गते राजधानीमा हुने भएको छ | यसै बीच बिहिबार राजधानीमा आयोजित एक कार्यक्रम बीच लामो समय देखि नेपाली चलचित्र निर्देशन तथा निर्माणमा आफ्नो योगदान दिदै आईरहनु भएका आकाश अधिकारीले अध्यक्षको पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् |
nirmata-sang
पत्रकारहरुको बिचमा बोल्दै उनले व्यवस्थित फिल्म प्रदर्शन , बजारको खोज , सेन्सर सम्बन्धि व्यवस्था , बक्स अफिस लागु गर्ने बारे , बिदेशी लगानी , चलचित्र नीति , कोटा सिस्टम , सुटिङ्ग सम्बन्धि समस्या , फिल्म पाइरेसी लगाएतका कुराहरु आफ्नो मूल एजेण्डा रहेको बताएका छन् | त्यस्तै अहिले नेपालमा बक्स अफिस लागु नभएकोले निर्माताहरुले सहि हिसाब नपाउने र धेरै घाटा बेह्वोर्नु परेको समस्याको समाधान पनि बिशेष कदम चल्ने उनले बताए |
nirmata-sang
उनि लामो समय देखिको नेपाली चलचित्रको सर्जकको साथमा निर्माता संग भित्र रहेर नै महासचिव र उपाध्यक्ष जस्तो गरिमामय पद सम्हाली सकेका छन् | अबको यो नया समयमा निर्माता संगलाई नया नेतृत्वको समेत खाँचो भएको कुरा पनि उनले स्पस्ट पारेका छन् | आकाश अधिकारीले पत्रकार सम्मेलनमार्फत आफ्नो प्यानलको घोषणा पनि गरेका छन् ।
nirmata-sang
उनको प्यानल अनुरुप अध्यक्षमा स्वयम आकाश अधिकारी , महासचिवमा छविराज ओझा , कोषाध्यक्षमा सुशील पोखरेल , सचिवमा गोबिन्द शाही र सदस्यहरुमा करिष्मा मानन्धर , दीपकराज गिरी , चेतनाथ (चेतन) सापकोटा , निश्चल बस्नेत , दिपेन्द्र के खनाल , योगेश घिमिरे , भानुप्रताप , निकिता पौडेल र रौनक विक्रम कडेल रहेका छन् | त्यस्तै उपाध्यक्षको लागि भने अझै कुनै उम्मेदवारी चयन भएको छैन |

Leave a Reply

%d bloggers like this: