Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र एक कार्यक्रम बिच आफ्नो पहिलो गीत र टिजर सार्वजनिक गरेको चलचित्र “शब्द” ले अब छिट्टै आफ्नो ट्रेलर सार्वजनिक गर्ने तयारी गरिरहेको छ | निर्माता क्षिरिङ्ग दोर्जे लामाको अनुसार चलचित्र टिम अहिले प्रचार प्रसारमा निकै तिब्र रुपमा लागिरहेको छ | केहि समय अगाडी मात्र रिलिज गरिएको पहिलो गीत र टिजरले अहिले निकै राम्रो चर्चा कमाइरहेको छ |
sabda
ऊ : ओम श्री बज्रयान पिक्चर र बिष्णु कुमार थेबेको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल , अनुभव रेग्मी , कमली वाईबा , रोय दीप श्रेष्ठ , ओशिन भट्टराई , अर्जुन गुरुङ , अनोज लगाएतका कलाकारहरुले अभिनय गरेका छन् | चलचित्रका निर्देशक सन्तोष शिवाकोटी रहेका छन् | त्यसै गरि चलचित्रका निर्माता क्षिरिङ्ग दोर्जे लामा हुन् | चलचित्रमा शिव ढकालको छायांकन , प्रदिप श्रेष्ठको नृत्य , डा. कृष्ण हरि बराल र राजन राज शिवाकोटीको शब्द , राजन राज शिवाकोटी र गैरे सुरेशको संगीत , एन बि महर्जनको द्वन्द र बनिश हमाल र मिलन श्रेष्ठको सम्पादन समावेश रहेको छ | चलचित्रलाई यम थापाले लेखेका हुन् |
sabda
चलचित्र “शब्द” लाई निर्माण पक्षेले बिशुद्ध नेपाली ओर्गानिक चलचित्रको नाम दिएको छ | चलचित्रमा पूर्ण रुपमा हाम्रो नेपाली पहिचान र मौलिकताको कुराहरु समावेश गरिएको जानकारी निर्माण पक्षेले दिएको छ | मित्रको सम्बन्ध र माया प्रेमको कथालाई चलचित्रमा मुख्य बिषय वस्तुको रुपमा प्रस्तुत गर्ने कोशिश गरिएको छ | चलचित्रको कथा वस्तु र गीत संगीतले दर्शकहरुको मन जित्ने विश्वास निर्माता क्षिरिङ्ग दोर्जे लामाले ब्यक्त गरेका छन् | चलचित्र निकै राम्रो बनेको र चलचित्रले सबैलाई भरपुर मनोरंजन प्रदान गर्ने कुरा पनि उनले उल्लेख गरेका छन् |
हेर्नुस टिजर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: