Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
राजधानीमा सोमबार आयोजित एक कार्यक्रम बीच अर्को नया चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ | चलचित्रको नाम हो “साया” | चलचित्रले ट्रेलर सार्वजनिक संगै आफ्नो प्रदर्शन मिति पौष ८ गतेकोको लागि घोषणा गरेको छ |
saya
गढी माई फिल्म्सको प्रस्तुतिको रहेको चलचित्र सया मा टिना श्रेष्ठ , उमेश तामाङ्ग , प्रमिश गुरुङ , पुस्कर गुरुङ , शिला खनाल , भद्रगोल किराती , रश्मि भट्ट , बिरमाया गुरुङ , झनक कार्की , देव बहादुर गुरुङ , डिल गुरुङ , दिप्त कास्यक , सुरज मल्ल , सरोज कुमर पाण्डे र उमा पाण्डे लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रमा बाबुराम नेपालीको छायांकन , भरत क्ष त्रीको द्वन्द निर्देशन र प्रमिश गुरुङको गीत संगीत समावेश रहेको छ | चलचित्रका निर्देशक प्रमिश गुरुङ रहेका छन् | त्यसै गरि चलचित्रका निर्माता तर्फ भने राम कृष्ण मगर र सन्तोष गुरुङ रहेका छन् |
saya
सार्वजनिक ट्रेलर अनुसार चलचित्र केहि फरक शैलीमा बनेको कुरा महसुस हुन आउछ | नेपाली मौलिक कुराको मिश्रण संगै चलचित्रमा केहि नया कुराको पनि चित्रण गरिएको निर्देशक प्रमिश गुरुङले बताए | चलचित्र मनोरंजननात्मक रहेको र दर्शकहरुलाई अवस्य पनि मनपर्छ भन्ने विश्वास उनले ब्यक्त गरेका छन् | त्यसै गरि उनले पौष ८ गते हलमा आएर एकचोटी चलचित्र हेरेर आफ्नो प्रतिक्रिया राखिदिनु हुन दर्शकहरुलाई अनुरोध गरेका छन् |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: