Fri. Apr 19th, 2024

मनोरंजन संसार डटकम
पौष २९ को प्रदर्शन मिति तय गर्दै चलचित्र “शब्द” ले आफ्नो पहिलो टिजर र एउटा गीत सार्वजनिक गरेको छ | राजधानीमा सोमबार आयोजित एक कार्यक्रम बीच निर्माण पक्षेले चलचित्रको बारेमा बिस्तृत जानकारीको दिदै टिजर र एउटा गीतको भिडियो सार्वजनिक गरेको हो |
sabda
सार्वजनिक टिजरको अनुसार चलचित्र निकै राम्रो बनेको अनुमान हामी लगाउन सक्दछौ | पोखरा देखि ५ घण्टा माथि सिक्लेस गाउको सुन्दर मनोरन दृश्यहरुको बिचमा गरिएको छायांकनले चलचित्रको महत्वोलाई अझै बढाएको छ | सार्वजनिक गीत पनि निकै दमदार रहेको छ | नेपाली मौलिक शैलीमा तयार गरिएको यस गीतमा शब्द संगीत राजन राज शिवाकोटीको रहेको छ भने गीतमा स्वर पनि उनले नै भरेका छन् जसमा उनलाई गायिका मिलन अमात्यले साथ दिएकी छिन् | गीतले निकै राम्रो प्रतिक्रिया दर्शकहरुबाट बटुल्ने र दर्शकहरुको मन छुने कुरामा निर्माण पक्षे बिस्वस्त देखिनछन् |
sabda
ऊ : ओम श्री बज्रयान पिक्चर र बिष्णु कुमार थेबेको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल , अनुभव रेग्मी , कमली वाईबा , रोय दीप श्रेष्ठ , ओशिन भट्टराई , अर्जुन गुरुङ , अनोज लगाएतका कलाकारहरुले अभिनय गरेका छन् | चलचित्रका निर्देशक सन्तोष शिवाकोटी रहेका छन् | त्यसै गरि चलचित्रका निर्माता क्षिरिङ्ग दोर्जे लामा हुन् | चलचित्रमा शिव ढकालको छायांकन , प्रदिप श्रेष्ठको नृत्य , डा. कृष्ण हरि बराल र राजन राज शिवाकोटीको शब्द , राजन राज शिवाकोटी र गैरे सुरेशको संगीत , एन बि महर्जनको द्वन्द र बनिश हमाल र मिलन श्रेष्ठको सम्पादन समावेश रहेको छ | चलचित्रलाई यम थापाले लेखेका हुन् जसले यो भन्दा अगाडी “कोहिनुर” र “वीर विक्रम” जस्ता सुपरहिट चलचित्र लेखिसकेका छन् |
sabda
चलचित्र “शब्द” पूर्ण रुपमा ओर्गानिक र मौलिक चलचित्र रहेको दाबी निर्माता क्षिरिङ्ग दोर्जे लामा गरेका छन् | समाजमा रहेको परम्परा , चलनचल्ती अनि मित्रता , प्रेम , मिलन बिछोड संगै सृजित घटनाक्रमको मिश्रणमा चलचित्र “शब्द” तयार भएको उनको भनाई रहेको छ | चलचित्रको कथा वस्तुलाई अलिकति स्पस्ट पार्दै उनले भने सिक्लेस गाउमा तीनजना घनिष्ट मिल्ने साथीहरु मोती , काशी र लाहुर बस्छन | शान्त , रमणीय अनि ग्रामिण रहनसहनमा रमिरहेको उनीहरुको जिन्दगीमा अकल्पनीय घटना घट्छ | उक्त घटनाले उनीहरुको जीवनमा निम्त्याउने अनेक परिस्थिति अनि घटनाक्रमहरुको सेरोफेरोमा चलचित्र केन्द्रित रहेको छ |
sabda
उनले यो भन्दा अगाडी पनि ४ वटा चलचित्रको निर्माण गरिसकेका छन् | उनि नेपाली चलचित्र क्षत्रका पुराना निर्माताको रुपमा चिनिनछन् | धेरै पछि दर्शकहरुलाई एकदमै राम्रो चलचित्र प्रस्तुत गर्न लागेको र सबैले एकचोटी हलसम्म आएर यो चलचित्र हेरी आफ्नो प्रतिक्रिया जस्ताको त्यस्तै राखिदिनु हुन उनले दर्शकहरु माझमा अनुरोध राखेका छन् | चलचित्र निकै राम्रो बनेको र चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास उनले ब्यक्त गरेका छन् |
हेर्नुस टिजर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: