Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
पहिलेको तुलनामा नेपाली गीत संगीतको साथमा कला साहित्य क्षत्रको विकास अहिले निकै राम्रो हिसाबले भईरहेको छ | धेरै व्यक्तिहरु यसको विकासमा निरन्तर रुपमा लागिपरेका छन् | यस्तै एक व्यक्ति हुनुहुन्छ रचनाकार हरि उप्रेती | उहा एक सफल गीतकारको साथमा समाज सेवामा पनि निकै क्रियाशील भएर लागिपर्नु भएको छ | उहाले बिगत लामो समय देखि नेपाली गीत संगीतमा मात्र नभएर नेपाली चलचित्र क्षत्रमा पनि आफ्नो केहि योगदान दिदै आइरहनु भएको छ | बहुमुखी प्रतिभाको धनीको ब्यक्तित्वोले परिचित उहाले केहि समय अगाडी देखि विकास चौधरीको साथमा शान्ति इन्टरटेनमेन्ट नामक संस्था चलाईरहनु भएको छ | यस संस्थाले नेपालमा रहेका थुप्रै नव कलाकारहरुको प्रतिभालाई बाहिर लिएर आउने प्रयास गरिरहेको छ | नेपालमा पनि प्रतिभाको कमि छैन भन्ने भावना र विश्वासको साथमा आफुहरुले यस संस्था संचालन गर्दै आइरहेको कुरा संस्थाका संस्थापक हरि उप्रेतीले जानकारी दिनुभएको छ |
hari-upreti
त्यसै गरि अब यस शान्ति इन्टरटेनमेन्ट संस्थाले नेपालका दुई भिन्न स्थानमा निशुल्क सेवा प्रदान गर्नेभएको छ | नव प्रतिभाको खोजी गरि नेपाली कला संस्कृतिको अन्तरास्ट्रिय स्तरमा विकास र प्रबर्धन गर्ने उदेश्यले स्थापित मिडिया शान्ति इन्टरटेनमेन्टले नेपालको प्राकृतिक प्रकोप र स्वास्थ्यलाई ध्यानमा राखी प्रत्येक बर्ष दुई वटा भिन्न सेवा प्रदान गर्न लागेको कुरा संस्थापक हरि उप्रेतीले बताउनु भएको छ | यसै योजना अन्तरगत सन् २०१६ को डिसेम्बेर महिनाको दोस्रो साता भित्र दुई भिन्न स्थानमा न्यानो र निशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्ने जानकारी यस संस्थाका आयोजक हरि उप्रेती र विकास चौधरीले गराउनु भएको छ | नेपालको तत्कालिन परिस्थितिको मुल्यांकन गर्दै आफुहरुले यो किसिमको सेवा प्रदान गर्ने लागेको कुरा उहाहरुले उल्लेख गर्नुभएको छ |
hari-upreti
त्यसै गरि यी दुई कार्यक्रम सफल रुपमा सम्पन्न गर्नको लागि मिडियाका संस्थापक हरि उप्रेतीको प्रमुख संयोजकत्वोमा अमेरिकाबाट बिशेष सहयोग रहेको छ | यसका साथै संस्थाका संयोजक सदस्यहरु दामोदर उप्रेती , रघु धौराली , माधव फुयाल , पुरुषोतम फुयाल र डिपी धौरालीले पनि संयोजनमा सहयोग गर्नुभएको छ | त्यस्तै नेपाल शाखा कार्यालयको तर्फबाट विकास चौधरी , पूर्ण राई , सबिना केसी , रंजित कुमार शाहनी , लगाएतका कलाकारहरुले संयोजनमा सहयोग गर्नुभएको छ | यी सेवा प्रदान कार्यहरुको आधारमा ” हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले ? र यहाँ नगरे कहाँ भन्ने ? ” भन्ने संदेश सबैमा प्रभाहा गर्ने प्रयास गरिएको कुरा पनि संस्थापकले बताउनु भएको छ | आफुहरुले यस किसिमको प्रयासमा सहभागी भई आफ्नो योगदान र सहयोग दिन चाहनु हुने सबैलाई एकसाथ भई अगाडी बढ्न समेत शान्ति इन्टर टेन मेन्टले आग्रह गरेको छ |
bikash-chaudhary
यसका साथमा हरपल शान्ति इन्टरटेनमेन्टले नव प्रतिभाहरुको खोजी गरी उनीहरुको कला र साहित्य प्रतिको रुचिलाई सदैव सम्मान प्रबर्धन गर्ने दृढता गीतकार तथा संस्थापक हरि उप्रेतीले ब्यक्त गर्नुभएको छ | नेपालका लुकेर बसेका त्यस्ता थुप्रै उत्कृष्ट प्रतिभाहरुलाई निरन्तर रुपमा अगाडी लिएर आउने काम आफुहरुले यस संस्थाको मार्फतबाट गर्ने कुरा पनि उहाले बताउनु भएको छ | यस्तै यस संस्थाको शाखा कार्यालय काठमाडौँ स्थित धोबीधारामा रहेको हुनाले गरिब तथा जेहेन्दार गीत संगीत सिक्न इच्छुक बिद्यार्थीहरुले शाखा कार्यालयका संस्थापक विकास चौधरी संग तल उल्लेखित ठेगानामा सम्पर्क गर्नु हुन शान्ति इन्टरटेनमेन्टले सबै संग बिनम्र अनुरोध गरेको छ |
hari-upreti
शान्ति इन्टरटेनमेन्ट मिडिया
ठेगाना : धोबीधारा , काठमाडौँ
संस्थापक : विकास चौधरी
सम्पर्क : ९८०३२६७२२५

Leave a Reply

%d bloggers like this: