Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
कार्तिक १९ गतेको प्रदर्शन मिति तय गरेको चलचित्र “द विनर” ले बिहिबार राजधानीमा आफ्नो रेड कार्पेट प्रिमिएर गरेको छ | निकै भब्य र शब्य रुपमा गरिएको प्रिमिएर शो मा थुप्रै कलाकार तथा अधिकांश पत्रकारहरुको उपस्थिति रहेको थियो | चलचित्र प्रदर्शन हुन अझै १ हफ्ता बाकी रहदा नै चलचित्रले आफ्नो प्रिमिएर गरेको छ | चलचित्र हेरिसकेपछि उपस्थित सबैले चलचित्रको खुलेर प्रशंसा गरेका छन् |
the-winner-nepali-movie-manoranjansansar
चलचित्रमा समावेश कथा बस्तु र एक्शन धेरैको नजरमा परेको छ | अष्ट्रेलिया, दुबई र नेपाल गरि ३ देशमा छायांकन गरिएको चलचित्रमा समावेश मनोरम दृश्यले पनि धेरैको मन लोभ्याएको छ | नेपाली चलचित्रको पनि अधिक मात्रामा विकास हुदै गएको र दर्शकहरुले खोजेको र रोजेको जस्तो चलचित्र तयार भएको टिक्का टिप्पणी उपस्थित सबैले गरेका थिए |
the-winner
चलचित्रमा लव स्टोरी र एक्शनलाई अलिक धेरै केन्द्रित बनाएर चलचित्रको निर्माण गरिएको छ | चलचित्रमा समावेश एक्शनहरु र स्टन्ट पनि धेरै फरक हिसाबमा प्रस्तुत गरिएको छ | चलचित्र हेर्नु हुने दर्शकहरुले चलचित्रमा नया फ्लेवरको स्वाद लिन पाउनु हुनेछ | चलचित्रको गीत संगीत पनि उत्तिकै अब्बल रहेको छ | चलचित्र हेरेर दर्शकहरुले भरपुर मनोरंजन प्राप्त गर्नुहुने विश्वास निर्माण टिमले ब्यक्त गरेको छ |
the-winner
हिक्मत बिष्टको निर्देशनमा तयार भएको चलचित्रमा मलिन जोशी , महेश मान श्रेष्ठ , मनचिन शाक्य , रेशु तामाङ्ग , राजकुमार पन्त , अमित गिरी लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रका निर्माता श्रीजना शाह र विकास खरेल रहेका छन् | चलचित्रमा अमित श्रेष्ठको शब्द संगीत , प्रबिशा अधिकारी र किरण भुजेलको स्वर , कविराज गहतराजको नृत्य निदेशन र हिमाल केसीको द्वन्द समावेश रहेको छ | चलचित्रको कथा लेखनको काम भने महेश मान श्रेष्ठले गरेका हुन् | चलचित्रका सहायक निर्देशक विवेक लामा हुन् भने मुख्य सहायक निर्देशक राम खड्का रहेका छन् | चलचित्रका सह निर्माता तर्फ अमित गिरी , राजेश प्रसाद जोशी र निरोज श्रेठ रहेका छन् | त्यसै गरि रितेश राना र सुषित पन्त चलचित्रका कार्यकारी निर्माता रहेका छन् |
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: