Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली चलचित्र क्षत्रको विकास भैरहेको बेला थुप्रै चलचित्रहरुको निर्माण कार्य भईरहेको छ | यसै बिच चलचित्र “लेटर” का निर्देशक साम्तेन भुटियाको निर्देशनमा चलचित्र “सुस्केरा” बन्ने भएको छ | राजधानीमा आयोजित एक कायक्रम बिच चलचित्रको निर्माणको घोषणा गरिएको हो | निर्देशक साम्तेन भुटियाले यो भन्दा अगाडी “त्यान्द्रो” चलचित्रको निर्माण गरिसकेका छन् |
suskera
चलचित्रमा स्वरुप ढकालसँग सुरक्षा पन्तले जोडी बाँध्दैछिन् | नायिका सुरक्षा पन्तले यो भन्दा अगाडी अझै पनि चलचित्रमा आफ्नो कुशल अभिनय दर्शकहरु माझमा प्रस्तुत गरिसकेका छन् | चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन , स्वरुप पुरुष ढकालको संगीत र सुजिल कर्माचार्यको पार्श्व संगीत रहने छ | चलचित्र कथा वस्तु निकै नै राम्रो भएको र आफुले यस चलचित्रमा उत्कृष्ट काम गर्ने कोसिस गर्ने प्रतिबद्धता निर्देशक साम्तेन भुटियाले जाहेर गरेका छन् |
चलचित्रमा अहिलेको युवा पुस्ताको कथालाई निकै नै सहज ढंगले प्रस्तुत गर्न खोजिएको कुरा पनि उनले बताएका छन् | प्रेम प्राप्तिको लागि झेल्नु पर्ने दुख पिडा र त्यसपछिको नतिजाको बारेमा निकै सरल रुपमा चलचित्रमा चित्रण गर्न प्रयास गरिएको उनले बताए |

Leave a Reply

%d bloggers like this: