Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
आज शुक्रबार कार्तिक १२ गते देखि देशभरका हलहरुबाट प्रदर्शन सुरु गरेको चलचित्र “राधा” ले बिहिबार राजधानीको कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग सिनेमामा आफ्नो प्रिमिएर शो गरेको छ | चलचित्रको प्रिमिएर शो हेर्नको लागि थुप्रै कलाकार देखि अधिकांश पत्रकारहरुको उपस्थिति रहेको थियो | चलचित्रको प्रिमिएर शो निकै नै भब्य र शब्य रुपमा सम्पन्न भएको छ | चलचित्र हेरिसकेपछि उपस्थित सम्पूर्णले चलचित्रको बारेमा खुलेर प्रशंसा गरेका छन् | निकै नै पारिवारिक शैलीमा तयार भएको चलचित्रको कथा बस्तुले धेरैको मन छुने कुरा उपस्थित सबैको भनाई रहेको थियो | चलचित्रले अधिक रुपमा सबैलाई मनोरंजन प्रदान गरेको कुरा त्यहाँ उपस्थित भएका व्यक्तिहरुको मुखबाट सुनिएको थियो |
radha
रियल मोसन पिक्चर प्रा.लि को प्रस्तुति एबं एञ्जेल मुबी अस्ट्रेलियाको सहकार्यमा बिष्णु मणि दाहाल र शुशिल कार्कीको निर्माणमा बनेको चलचित्रमा जीवन लुइँटेल , संचिता लुइँटेल , उत्तम केसी लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रको लेखन प्रदिप भारद्वाजले गरेका हुन् | चलचित्रमा डा. कृष्ण हरि बराल , एकनारायण भण्डारी र बसन्त सापकोटाले गीत रचना गरेका छन् भने संगीतकार बसन्त सापकोटाले उक्त गीतहरुमा सुमधुर संगीत भरेका छन् | चलचित्रको छायांकन मान कृष्ण महर्जनले गरेका छन् | चलचित्रका निर्देशक योगेश घिमिरे रहेका छन् |
radha
चलचित्रको गीत संगीत धेरै पहिला देखि नै चर्चामा रहेको छ | चलचित्रमा नेपाली समाजको कथा बस्तुलाई निकै उत्कृष्ट ढंगमा प्रस्तुत गर्ने कोसिस गरिएको छ | दर्शकहरुले चाहेको र खोजेको मनोरंजनको सबै कुरा यस चलचित्रमा मिश्रण गरिएको छ | चलचित्रमा कलाकारहरुको अभिनय पनि उत्तिकै राम्रो देखिएको छ | चलचित्र आजबाट देशभरिको हलहरुमा प्रदर्शनमा आएको छ | चलचित्रले के कस्तो प्रतिक्रिया दर्शकहरुबाट बटुल्ने हो र दर्शकहरुले चलचित्रलाई कुन हद सम्म सफल पारिदिने हुन् त्यो भने नेपाली दर्शकहरुको हातमा नै छ |
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :


Leave a Reply

%d bloggers like this: