Sat. May 18th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको बढ्दो परिवर्तन र विकास संगै नया प्रस्तुतिहरुको आगमन समेत तिब्र हुन थालेको छ | अहिले थुप्रै कलाकारहरु यस क्षत्रमा आबद्ध रहेका छन् | त्यस मध्य पनि आफ्नो यो सांगीतिक यात्रालाई निरन्तरता दिनेको भने सिमित सुची रहेको छ | यहि सुची भित्र पर्न सफल एक नाम हो रचनाकार अन्जान किराती | सधैब पृथक र फरक प्रतिभा पेस गर्न आतुर रहेका यिनको केहि समय अगाडी मात्रै “एउटा सत्य” नामक एल्बम सार्वजनिक भएको थियो | तर अलिक समय बित्न नपाउदै उनले आफ्नो अर्को प्रस्तुति “बेल्टार बजार” नामक गीत बजारमा सार्वजनिक गरेका छन् | उनको एकल शब्द रचना र संगीतमा तयार भएको गीतमा गायक संदिप मोतेले आफ्नो आवाज भरेका छन् | उनको यस गीतलाई अरेन्ज गर्ने काम भने गजेन बान्तवा राईले गरेका छन् | त्यस्तै गीतको म्युजिक भिडियो समेत निकै राम्रो बनेको छ | तिर्थ याक्सो सुब्बाको निर्देशनमा प्रकाश राई र अस्मी राईले गीतको म्युजिक भिडियोमा कुशल अभिनय गरेका छन् |
anjan-kirati
त्यस्तै उनले त्यस पश्च्यात केहि समयको अन्तरालमा आफ्नो २ वटा नया गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् | उनको एउटा सत्य नामक एल्बममा समावेश “जीवनबाट थाकिसके” बोलको गीतको उनले भर्खरै मात्र लिरिकल भिडियो सार्वजनिक गरेका छन् | उनको एकल शब्द रचनामा तयार भएको गीतमा भिसन मुकारुङ्गले स्वर संगीत दिएका छन् | त्यस्तै तत्कालिन उनको बिल्कुलै नया प्रस्तुति “तिमीबाट टाढा” पनि सार्वजनिक भएको छ | यसमा पनि एकल शब्द र भिसन मुकारुङ्गको स्वर संगीत समावेश रहेको छ | यो गीत पनि उनकै “एउटा सत्य” एल्बमबाट नै सम्बन्धित रहेको छ |
anjan-kirati
उनको एक पछि अर्को यस किसिमको प्रस्तुतिले गर्दा दर्शकहरु पनि उनि प्रति निकै उत्साहित भएको देखिन्छ | लामो समय देखिको उनको साधना , मेहेनत र लगावले यहाँ सम्म आइपुगेका उनले नेपाली गीत संगीतलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको बताएका छन् | अहिलेको कुरा गर्नु पर्दा उनि परदेशी हुन् | समय परिस्थितिको भुमरीले उनलाई अहिले दुबईमा पुराएको छ | बिदेशी भूमिमा रगत पसिना बगाएर पनि त्यहि बिचको केहि समय निकालेर उनि नेपाली गीत संगीत क्षत्रमा निकै अग्रसर भएर लागिरहेका छन् | जिन्दगीको दुख बेदना र पिडालाई आफ्नो शब्द रचनाको घेरामा उनले निकै राम्रो तरिकाले राखेका छन् | अधिक प्रभाबशाली प्रतिभाको धनि उनि गीत संगीतमा मलिन छन् |
anjan-kirati
आफु नेपाल देखि टाढा नै रहे पनि नेपाली कला संस्कृति कहिले पनि नबिर्सिने उनले प्रस्ट पारेका छन् | आफु पहिला नेपाली रहेको र आफ्नो लागि आफ्नो देश नेपालको कला संस्कृति निकै प्यारो रहेको र यसको जगेर्नाको लागि सधैब तत्पर रहने कुरा उनले उल्लेख गरेका छन् | जस्तो सुकै परिस्थित आएपनि नेपाली गीत संगीत क्षत्र देखि कहिले नबिलाउने र सधै नेपाली दर्शकहरुलाई उहाहरुको रोजाईको गीत संगीत प्रस्तुत गर्ने कोसिस गरिनै रहने प्रतिबद्धता उहाले जाहेर गरेका छन् | त्यसै गरि उनले हामीले नै हाम्रो भाषा कला संस्कृतिको विकास र प्रबर्धनको साथमा संरक्षण गर्नु पर्ने जरुरी भएको हुनाले जहाँ रहे पनि हाम्रो नेपाली गीत संगीतलाई माया र सम्मान गरि सुनेर हेरिदिनुहोस र कमि कमजोरीहरु औल्याएर सहि मुल्यांकन गरि सल्लहा सुझाबको साथमा आफु जस्तो कलाकारहरुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनु हुन सम्पूर्ण दर्शकहरुलाई हृदय देखि नै हार्दिक अनुरोध गरेका छन् |
हेर्नुस गीत :


Leave a Reply

%d bloggers like this: