Sun. May 19th, 2024

मनोरंजनसंसार डटकम
एलबीयस फिल्म प्रोडक्सन युके र नेपालको प्रस्तुति रहेको चलचित्र “ब्ल्याक समर” को गीत बाहेकको सबै छायांकन पुरा भएको छ | प्राप्त जानकारी अनुसार चलचित्रको प्याक अप भैसकेको छ र अब मात्र गीतको छायांकन बाकी रहेको छ | चलचित्रको सम्पूर्ण छायांकन युकेमा गरिएको छ | चलचित्रका निर्देशक एलबी सुब्बा रहेका छन् | त्यसै गरि चलचित्रका निर्माता तर्फ मन गुरुङ र प्रतिमा दुदराज रहेका छन् |
black-summer
प्रतिक दुदराजको छायांकन रहेको चलचित्रमा रीमा बिश्वोकर्मा , रितेश राई , ज्यासंग लिङ्गदेन , अमिषा राई , दिपक गुरुङ , सपना श्रेष्ठ , मनिष श्रेष्ठ , सनम कुमार बैराग , मोनिका गुरुङ , स्वोस्तिका लिम्बु , मेरिना लिम्बु , किशोर राई , प्रतिक दुदराज , ‘भ्याक्सो’ अभिर लिम्बु , होप थापा लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रमा नरेश भट्टराई , अनिला राई र जानुका काङ्गमेन लिङ्गदेनको शब्द र तारा प्रकाश लिम्बु , हरि लम्साल र उदेश श्रेष्ठको संगीत समावेश रहेको छ | त्यसै गरि चलचित्रमा रेनेशा बान्तवा राईको नृत्य निर्देशन रहेको छ |
black-summer
केहि समय अगाडी मात्र चलचित्रको टिजर सार्वजनिक भैसकेको छ | चलचित्रको टिजरबाट चलचित्र सस्पेन्स थ्रिलर र लव स्टोरीमा आधारित रहेको बुझिन्छ | चलचित्र निकै नै राम्रो बनेको र दर्शकहरुले केहि फरक अनुभवको साथमा भरपुर मनोरंजन प्राप्त गर्नु हुने विश्वास निर्देशक एलबी सुब्बाले ब्यक्त गर्नुभएको छ |
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: