Sat. May 4th, 2024

मनोरंजनसंसार डटकम
यो बर्ष सबैको पर्खाईमा रहेको चलचित्र “लूट २” ले फाल्गुन १३ गते प्रदर्शन मिति तोक्दै आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ | “ठमेल बजार” बोलको उक्त गीतमा शब्द एकतारे र कालीप्रसाद बास्कोटाको रहेको छ भने संगीत पनि कालीप्रसाद बास्कोटा नै रहेको छ | त्यसै गरि गीतमा मिना निरौला , भानुभक्त ढकाल र कालीप्रसाद बास्कोटाले आफ्नो सुमधुर आवाज भरेका छन् | गीतमा हामी नायक दयाहाङ्ग राई संग अलिशा राईको रमाइलो नृत्य हेर्न सक्छौ | यस गीतको नृत्य निर्देशक भने विक्रम स्वार रहेका छन् |
loot-2
अ प्रिन्सेस मुविज र ब्ल्याक हर्स पिक्चर्स प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र “लूट २” का कथा लेखक तथा निर्देशक निश्चल बस्नेत रहेका छन् | त्यस्तै चलचित्रमा सौगात मल्ल , दयाहाङ्ग राई, कर्मा शाक्य , रीचा शर्मा , बिपिन कार्की , प्रवीन खतिवडा , सुशील राज पाण्डे , प्रतिक राज न्यौपाने लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रका निर्माता तर्फ भने माधव वाग्ले र नरेन्द्र महर्जन रहेका छन् |
loot-2
केहि समय अगाडी मात्रै चलचित्रले आफ्नो टिजर सार्वजनिक गरेको थियो | चलचित्रको अहिले नेपाली दर्शकहरुलाई निकै नै पर्खाई रहेको पाइन्छ | “लूट” चलचित्रको अधिकतम सफलताका कारण पनि यस चलचित्र “लूट २” को अधिक डिमाण्ड भएको हामी सजिलै संग अनुमान लगाउन सक्दछौ | चलचित्रमा पहिलेको चलचित्र “लूट” कै कथालाई अगाडी बढाईएको छ | अबको भागमा बदलाको कुरालाई समेटेर त्यसमा धेरै मनोरंजनका खुराकहरुको समेत मिश्रण गरेको निर्माण पक्षेले बताएको छ | चलचित्र निकै नै राम्रो बनेको र दर्शकहरुले आशा गरे जतिको कुराहरु आफुहरुले प्रस्तुत गर्न खोजेको कुरा निर्देशक निश्चल बस्नेतले बताएका छन् | चलचित्र कथा बस्तुले दर्शकहरुलाई बाधेर राख्ने र चलचित्रमा प्रस्तुत सबै कुराले सम्पूर्ण दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास पनि उनले ब्यक्त गरेका छन् |
हेर्नुस गीत :

हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: