Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
डाईमण्ड स्टार फिल्म्स प्रा.लि को प्रस्तुति रहेको चलचित्र “द विनर” ले आफ्नो दोस्रो गीत “मिडनाइट” सार्वजनिक गरेको छ | सार्वजनिक गीत पार्टी बेसमा तयार गरिएको छ भने प्रस्तुत गीतमा हामी नायिका मलिन जोशी र नायक महेश मान श्रेष्ठको रोमान्चक डान्स पनि हेर्न सक्दछौ | अहिलेको युवा पुस्तालाई मध्य नजरमा राखेर तयार पारिएको यस गीतमा शब्द संगीत अमित श्रेष्ठको रहेको छ | गीतलाई गायक उत्तम जंग लिम्बु र गायिका इन्दिरा जोशीले गाएका छन् | सार्वजनिक गीत युवा पुस्ताको माझमा निकै नै चर्चित हुने देखिन्छ | चलचित्रले केहि महिना पहिले आफ्नो पहिलो “परी” बोलको गीत सार्वजनिक गरेको थियो जुन निकै सफल पनि रहयो |
the-winner
धेरै लामो समय देखि प्रदर्शनको मिति टुंगो नलागेको चलचित्रले केहि दिन अगाडी मात्रै कार्तिक १९ गतेको लागि फाइनल पक्का पक्कि प्रदर्शन मिति तोकेको छ | चलचित्र अब कार्तिक १९ गते देखि देश भरका हलहरुबाट एकै साथ प्रदर्शनमा आउदै छ | चलचित्रको केहि समय अगाडी सार्वजनिक ट्रेलर र अहिले आएर तोकियो प्रदर्शन मितिले दर्शकहरुलाई चलचित्र हेर्न हल सम्म जान निकै नै उत्साहित गराएको देखिन्छ |
the-winner
नेपाल र दुबईको विभिन्न ठाउँमा खिचिएको चलचित्रमा लव स्टोरी र एक्शनको भरपुर रहेको छ | चलचित्रको गीत संगीत पनि चलचित्रको बलियो पक्षे रहेको कुरा निर्माण पक्षेले बताएको छ | दर्शकहरुले यस चलचित्रमा बिदेशका मनोरम दृश्य अबलोकनको साथमा खतरनाक स्टन्टहरुको पनि मनोरंजन प्राप्त गर्न सक्नु हुनेछ | चलचित्र निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास निर्माण पक्षेले ब्यक्त गरेको छ | दर्शकहरुलाई केहि फरक कुरा प्रस्तुत गर्न खोजेको र दर्शकहरुलाई चलचित्रले भरपुर मनोरंजन दिने कुरा पनि निर्माण पक्षेले उल्लेख गरेको छ |
the-winner
हिक्मत बिष्टको निर्देशनमा तयार भएको चलचित्रमा मलिन जोशी , महेश मान श्रेष्ठ , मनचिन शाक्य , रेशु तामाङ्ग , राजकुमार पन्त , अमित गिरी लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रका निर्माता श्रीजना शाह र विकास खरेल रहेका छन् | चलचित्रमा अमित श्रेष्ठको शब्द संगीत , प्रबिशा अधिकारी र किरण भुजेलको स्वर , कविराज गहतराजको नृत्य निदेशन र हिमाल केसीको द्वन्द समावेश रहेको छ | चलचित्रको कथा लेखनको काम भने महेश मान श्रेष्ठले गरेका हुन् | चलचित्रका सहायक निर्देशक विवेक लामा हुन् भने मुख्य सहायक निर्देशक राम खड्का रहेका छन् | चलचित्रका सह निर्माता तर्फ अमित गिरी , राजेश प्रसाद जोशी र निरोज श्रेठ रहेका छन् | त्यसै गरि रितेश राना र सुषित पन्त चलचित्रका कार्यकारी निर्माता रहेका छन् |
हेर्नुस गीत :

हेर्नुस गीत :

हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: