Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
एच आर के प्रोडक्सन र एसको प्रस्तुति रहेको चलचित्र “रोमियो” को निर्माणको काठमाडौँमा आयोजित एक कार्यक्रम बीच घोषणा गरिएको छ | चलचित्रका निर्देशक शंकर कार्की रहेका छन् | केहि समय अगाडी निर्देशक नारायण पुरीद्वारा निर्देशन हुने भनिएको यस चलचित्रको निर्देशनको जिम्मा भने अहिले शंकर कार्कीको हातमा पुगेको छ | निर्देशक नारायण पुरी अमेरिकाको बसाईको कारणले गर्दा नै चलचित्रको निर्देशक परिवर्तन गर्नु परेको जानकारी निर्माण पक्षेले दिएको छ |
चलचित्रमा हस्सन रजा खान , निशा अधिकारी , ओशिमा बनु , विकास खतिवडा , बिपिन मिचे गुरुङ , मेलिना मानन्धर , अफिषा श्रेष्ठ , शार्धा सिलवाल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहने छ | चलचित्रको निर्माताको रुपमा एच आर के प्रोडक्सन रहेको छ | चलचित्रको कथा लेखनको काम भने किरण माइकल घिमिरेले गरेका हुन् | चलचित्रमा अस्ट महर्जनको द्वन्द र रामेश्वर कार्कीको छायांकन रहने छ |
चलचित्रको नामले चलचित्र लव स्टोरी जेनेरमा तयार हुदै गरेको स्पस्ट पार्दछ | निर्माण पक्षेको अनुसार चलचित्रमा लव स्टोरी र एक्शनको राम्रो मिश्रण रहेको छ | चलचित्रले यसै कार्यक्रम बीच आफ्नो पहिलो लिरिकल गीत ल्याङ्ग ल्याङ्ग सार्वजनिक गरेको छ | त्यसै गरि चलचित्रले उक्त गीतको भिडियोको कवर डान्सको प्रतियोगिता समेत घोषणा गरेको छ | विजय प्रतियोगीले १ लाख नगद पुरस्कार पाउने कुराको पनि जानकारी निर्माण पक्षेले दिएको छ |
चलचित्र आउने हफ्ताबाट छायांकनमा जाने कुरा उक्त कार्यक्रममा जानकारी गराइएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: