Mon. May 6th, 2024

मनोरंजनसंसार डटकम
anup-bikram-shahi
नेपालका धेरै कलाकारहरु रजतपटमा उदाए तर उदाएको केहि समयमा नै धेरै कलाकारहरु अस्ताउनु समेत पर्यो | तर निकै कम समयमा अधिक सफलताको सिडी छाडेर अगाडी बढेको र अहिले सम्म अझै चम्किलो भएर उदाइरहेको कलाकारहरुको पनि हामी संग सुची रहेको छ | त्यहि सुची भित्र पर्न सफल एक नाम हो अनुप विक्रम शाही | पछिल्लो समय अधिकतम सफलताको साथमा नेपाली दर्शकहरुको मन मुटुमा उनि निकै गाढा तरिकाले बसिसकेका छन् | उनि एक प्रभाबशाली ब्यक्तित्वो भएको कलाकार मध्य पर्दछन् | उनि मोडलिङ्गबाट उदाएका हुन् | उनले २०१३ मा “मेन हन्ट इन्टरनेसनल” को उपाधि समेत जितिसकेका छन् | त्यसै गरि उनि अब ५२ देशबीच प्रतिस्पर्धा हुने “म्यानहन्ट ईन्टरनेशनल २०१६” को फाइनल प्रतियोगितामा सहभागी हुन आज उनि नेपालका तर्फबाट चिन जाने कुरा काठमाडौँमा आयोजित एक कार्यक्रम बीच जानकारी गराइएको छ | उक्त प्रतियोगिता २०१६ अक्टुवर २३ तारिख देखि अक्टुवर २९ तारिखसम्म चिनको सेन्जेनमा हुँदैछ |
anup-bikram-shahi
कार्यक्रममा बोल्दै अनुपले नेपालबाट आफु मात्र एक्लो प्रतियोगीको रुपमा उक्त प्रतियोगितामा जना लागेको कुरा बताएका छन् | उनले भने म सिंगो नेपाललाई बोकेर जादैछु र म मेरो देश नेपालको नाम राखेर फर्किने छु | उनले अहिले आफुलाई सबै नेपालीको आशिर्वादको र साथको जरुरी भएको कुरा समेत स्पस्ट पारेका छन् | त्यस्तै आफ्नो लागि सबैले प्राथना गरिदिनु हुन सम्पूर्ण नेपाली सम्क्ष बिनम्र अनुरोध समेत गरेका छन् | देशको नाम बोकेर आफु जना लागेको र देशको इज्जत र नामको लागि आफुले डटेर आफ्नो प्रस्तुति दिने प्रतिबद्धता पनि उनले जाहेर गरेका छन् | बिस्व भरका मानिसहरुको तुलनामा नेपाली पुरुषहरु पनि मानसिक र शारीरिक रुपमा उत्तिकै अब्बल रहेको र सबै कुरामा पोक्त रहेको कुरा आफुले त्यहाँ साबित गरेर देखाउने कुरा उनले उल्लेख गरेका छन् |
anup-bikram-shahi
त्यसै गरि प्रतियोगिताको लागि चाहिने सबैकुराको आफुले तयारी गरिसकेको कुरा पनि उनले बताएका छन् | उत्कृष्ट शरीरको लागि जिम जाने देखि प्रतियोगितामा सोधिन सकिने सम्पूर्ण प्रश्नहरुको तयारी आफुले गरिसकेको र आफुलाई आफु माथि विश्वास रहेको कुरा पनि उनले प्रस्ट पारेका छन् | आफुले आफ्नो तर्फबाट देशको नाम लिएर १०० % राम्रो प्रस्तुति दिने प्रयास गर्ने कुरा उनले बताएका छन् |
anup-bikram-shahi
anup-bikram-shahi
“हँसिया”, “हाउ फन्नी” र सर्भादिक सफल “वीर विक्रम” जस्ता चलचित्रमा अभिनय गरिसकेका उनले नेपाली दर्शकहरुको माझमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् | उनले अहिले वल्र्ड म्यानहन्टको प्रतियोगिताको लागि आफु निकै सचेत रहेको हुनाले तत्कालका लागि उनले चलचित्रको काम रोकेका छन् | उनको अभिनयको अहिले देशमा मात्र नभएर बिदेशमा समेत निकै चर्चा चलेको छ | देशको नाम राखेर प्रतियोगिताबाट फर्किए संगै आफ्नो चलचित्रको काम फेरी निरन्तर सुरु गर्ने कुरा उनले उल्लेख गरेका छन् |

Leave a Reply

%d bloggers like this: