Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत संगीत क्षत्रको तिब्र विकास संगै नया नया प्रस्तुतिहरु आउने क्रम पनि निकै नै बढेको छ | नेपाली दर्शकहरुले फरक र आफुले रोजेको र खोजेको जस्तो गीत संगीतहरुको आनन्द लिन सक्नु हुन्छ | समस्त नेपाली कलाकारहरुले यसको लागि आफ्नो तर्फबाट निकै नै मेहेनत समेत गर्नुभएको छ | यस्तै एक मेहनती व्यक्ति हुनुहुन्छ रचनाकार टेकु क्षत्री | नेपाली गीत संगीत र कला साहित्यको सर्जक नै रहेका उहा धेरै लामो समय देखि यस क्षत्रमा आबद्ध हुनुहुन्छ | केहि समय अगाडी मात्र उहाको “सम्रिध” नामक एल्बम सार्वजनिक भएको थियो जसको पहिलो “सान नानी” बोलको गीतको म्युजिक भिडियो समेत एल्बम संगै सार्वजनिक भएको थियो | रचनाकार टेकु क्षत्रीको शब्द रचनामा रोमान्टिक जेनेरमा तयार भएको उक्त गीतमा गायिका योजना पुरीले आफ्नो सुमधुर स्वर भरेकी थिइन् |
teku-chettri
अब फेरी केहि समयको अन्तरलमा रचनाकार टेकु क्षत्रीले आफ्नो सोहि एल्बममा नै समावेश आफ्नो दोस्रो “एउटै मुटु” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा हुनुहुन्छ | यस गीतमा उहाको शब्द रचना र किरण गजमेरको संगीतमा गायक कमल रसाइलीले आफ्नो सुमधुर स्वर भरेका छन् | यस गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो बनेको कुरा रचनाकार टेकु क्षत्रीले जानकारी दिनुभएको छ | अनिल के मानन्धरको छायांकन र बिभोर पोखरेलको निर्देशनमा कलाकार सम्पदा बानिया र निराजन प्रधानले उक्त गीतको म्युजिक भिडियोमा आफ्नो निकै राम्रो प्रस्तुति देखाएका छन् | यसको प्रोडक्सनको जिम्मा भने प्रोडक्सन म्यानेजर निर्मल न्यौपानेले लिनुभएको छ | नेपाली दर्शकहरुको टेस्टलाई बुझेर यस गीत र यसको म्युजिक भिडियो तयार गरिएको र यसले समस्त दर्शकहरुको मन जित्न सफल रहने विश्वास रचनाकार टेकु क्षत्रीले ब्यक्त गर्नुभएको छ |
teku-chhetri
उहा निकै लामो समय देखि नेपाली गीत संगीत क्षत्रमा आबद्ध रहेर नेपाली कला साहित्यमा कलम चलाई रहनु भएको छ | उहाको शब्द रचनामा भित्र नेपाली सामाजिक परिवेश र नेपालीपनको उत्कृष्ट चित्रण भएको पाइन्छ | आफ्नो लागि नेपाली गीत संगीत पहिलो प्राथमिकतामा पर्ने कुरा उहाले स्पस्ट पार्नुभएको छ | आफुले सधैब यस्तै राम्रा राम्रा प्रस्तुतिहरु नेपाली दर्शकहरु सम्क्ष राख्ने र आफु जहाँ रहे पनि नेपाली कला संस्कृतिको जगेर्ना गर्ने प्रतिबद्धता उहाले जाहेर गर्नु भएको छ | उहा हाल अमेरिका बासिन्दा हुनु हुन्छ तर पनि आफ्नो देश नेपाल प्रतिको माया र नेपाली गीत संगीत प्रतिको लगाव भने अझै पनि उहामा कायम छ | त्यसै गरि उहाले देशमा तथा देश बाहिर रहनु भएका सम्पूर्ण नेपाली दर्शकहरुलाई जहाँ रहे पनि नेपाली गीत संगीत सुनेर हेरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा आफु जस्तो कलाकारहरुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्नुभएको छ | त्यस्तै उहाले बिस्वको जुन सुकै कुनामा रहनु भएका समस्त नेपाली दर्शकहरुलाई नेपालीहरुको महान चाड बिजया दशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ |

Leave a Reply

%d bloggers like this: