Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
गत भाद्र २ गतेबाट आफ्नो प्रदर्शन थालनी गरेको यो बर्षको सर्वादिक सफल चलचित्र “वीर विक्रम” ले हिजो ५१ दिन पार गरेको छ | नेपाली चलचित्र क्षत्रमा यस्ता कमै चलचित्रका सुची छन् जसले ५१ दिनको यात्रा पुरा गरेको छ | तर उक्त सुचिमा समेत आफ्नो नाम प्रवेश गराउन सफल भएको छ चलचित्र “वीर विक्रम” | नेपाली सामाजिक परिवेश र मौलिकतामा केन्द्रित रहेर तयार गरिएको उक्त चलचित्रलाई नेपाली सम्पूर्ण दर्शकहरुले अत्याधिक मनपराएर पुरा साथ र माया दिएका छन् | चलचित्रले नेपाली दर्शकहरुको माझमा एउटा छुट्टै किसिमको पहिचान समेत बनाएको छ | चलचित्र “वीर विक्रम” सम्पूर्ण नेपाली दर्शकहरुको मनमा सधैको लागि कैद भएको छ | चलचित्रको कथा बस्तु र प्रस्तुतिले अधिकांश दर्शकहरुको मन छोएको छ | चलचित्रमा समावेश गीत संगीतले पनि धेरै दर्शकहरुको मनमा बास गरेको छ | चलचित्रले यसरि ५१ दिन मनाउदा समस्त दर्शकहरुको माझमा समेत खुसि छाएको छ |
bir-bikram
OLYMPUS DIGITAL CAMERA
bir-bikram
चलचित्रको यस किसिमको सफलताको पछाडी चलचित्रमा समावेश कथा बस्तुको उत्कृष्ट प्रस्तुति र चलचित्रमा अभिनय कलाकारहरुको मेहेनतको साथमा चलचित्रलाई सहि दिशा तर्फ निर्देश गर्ने निर्देशक मिलन चाम्सको मुख्य भूमिका रहेको छ | उहा यस चलचित्रको निर्देशकको साथमा निर्माता पनि हुनुहुन्छ |नेपाली चलचित्रको भबिष्य रास्ट्रिय स्तरमा मात्र नभएर अन्तरास्ट्रिय स्तरमा समेत रहेको दुरदर्शीको साथमा उहाले नै पहिलो पटक युकेमा नेपाली चलचित्रको प्रिमिएर शो गर्ने चलन चल्तीको विस्तार गर्नुभएको हो | उहाले नेपाली चलचित्रको स्थान अन्तरास्ट्रिय बजारमा समेत स्थापित गरिदिनुभएको छ | उहाले तयार पारेको त्यहि बाटोको कारण आज धेरै नेपाली चलचित्रहरु देश बाहिर बिदेशमाप्रिमिएर हुने गर्दछ | यो हिसाबले नेपाली चलचित्रले निकै तिब्र गतिमा प्रगति तर्फ आफ्नो पाईला अगाडी बढाई रहेको छ | आफ्नो लामो समय देखिको यस क्षत्रको अनुभव पछि उहाले आफ्नो पहिलो चलचित्र “हँसिया” निर्देशन गर्नुभएको थियो जसलाई नेपालमा मात्र नभएर अन्तरास्ट्रिय बजारमा समेत सबैले माया र सम्मान गरेका थिए | उहाको दोस्रो चलचित्र “वीर विक्रम” ले अहिले नेपालमा मात्र नभएर बिदेशमा समेत प्रशंसा बटुलिरहेको छ | युके , सिंगापुर , होङ्गकोङ्ग र केहि समय अगाडी मात्र चलचित्र “वीर विक्रम” ले अस्ट्रेलियामा समेत आफ्नो सफल प्रदर्शनको साथमा सबैबाट प्रशंसा समेत पाइसकेको छ |
bir-bikram
bir-bikram
चाम्स इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र “वीर विक्रम” मा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्रका मुख्य सहायक निर्देशक रामशरण कोइराला र गिरिराज घिमिरे रहेका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | त्यसै दिपा लामा , प्रबिशा अधिकारी , राजेश पायल राई र अनिल राईले समेत चलचित्रमा आफ्नो सुमधुर स्वर भरेका छन् | चलचित्रका लेखक यम थापा हुन् | चलचित्रमा रेनेशा बान्तवा राइको नृत्य निर्देशन रहेको छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको थियो | उहाले नेपाली चलचित्रले यसरि सफलता हासिल गर्दा आफुलाई निकै खुसि मिलेको र अब नेपाली चलचित्रले अगाडी अझै प्रगति गर्ने विश्वास उहाले ब्यक्त गर्नुभएको छ | त्यसै गरि उहाले चलचित्र “वीर विक्रम” ले ५१ को दिनको सफलता हात पारेको उपलक्षमा निर्देशक तथा निर्माता मिलन चाम्सलाई बधाई समेत ज्ञापन गर्नुभएको छ |
OLYMPUS DIGITAL CAMERA
अहिले आफ्नो दोस्रो चलचित्र “वीर विक्रम” ले नेपालमा ५१ दिन मनाइर्रहदा निर्देशक तथा निर्माता मिलम चाम्स भने आफ्नो तेस्रो चलचित्र “हेप्पी डेज” को तयारीको लागि युके हुनुहुन्छ | आफ्नो दोस्रो चलचित्रको सफलता पछि र दर्शकहरुबाट पाएको प्रतिक्रिया पछि हौसिनु भएको उहा अहिले आफ्नो तेस्रो चलचित्र “हेप्पी डेज” को लोकेसनको अवलोकनको साथमा छायांकनको तयारीमा युके र स्कटल्याण्डमा ब्यस्त हुनुहुन्छ | आफुले अब सम्पूर्ण नेपाली दर्शकहरुलाई यो भन्दा पनि अझै राम्रो उहाहरुले रोजेको र खोजेको जस्तो चलचित्र प्रस्तुत गर्ने कुरा बताउनु भएको छ | नेपाली दर्शकरुले आफुबाट धेरै राम्रो चलचित्रको अपेक्षाको साथमा आफु प्रति उहाहरुको निकै विश्वास रहेको र उहाहरुको यो विश्वासलाई सधैब कायम राख्ने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ | त्यस्तै उहाले आफ्नो दोस्रो चलचित्रलाई हेरेर मनपराएर सर्वादिक सफल बनाइदिनु भएकोमा देशमा तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दर्शकहरुलाई हृदय देखि धन्यवाद ज्ञापन गर्नुभएको छ | त्यसै गरि उहाले “वीर विक्रम” चलचित्रका सम्पूर्ण युनिटलाई पनि धन्यबादको साथमा बधाई दिनुभएको छ | त्यस्तै उहाले यो आफ्नो भन्दा पनि यो सारा नेपालीको नेपालको चलचित्र भएकोले हामी सबैलाई नै बधाई ब्यक्त गर्नुभएको छ |
bir-bikram
यसै गरि दर्शकहरु आफ्नो लागि भगवानको स्वरुप रहेको र आफुले सधैब नेपाली दर्शकहरुको मनोरंजन र हितको लागि नै चलचित्रको निर्माण तथा निर्देशन गर्ने कुरा पनि उहाले उल्लेख गर्नुभएको छ | नेपाली दर्शकहरुको मायाले आफुलाई आगामी दिनहरुमा निकै नै राम्रो चलचित्र बनाउन उप्प्रेरित समेत गरेको कुरा उहाले खुलासा गर्नुभएको छ | त्यसै गरि उहाले नेपालमा तथा नेपाल बाहिर रहनु भएका समस्त नेपाली दर्शकहरुलाई सधैब नेपाली चलचित्र हेरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा आफुहरुलाई हौसला समेत प्रदान गरिदिनु हुन बिनम्र अनुरोध गर्नुभएको छ | त्यस्तै उहाले नेपालीहरुको महान चाड बिजया दशमीको पावन अवसरमा बिस्वको जुन सुकै कुनामा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ |
bir-bikram
हेर्नुस ट्रेलर :


हेर्नुस गीत :


Leave a Reply

%d bloggers like this: