Wed. May 8th, 2024

मनोरंजनसंसार डटकम
समयको बदलिदो गति संगै नेपाली गीत संगीत क्षत्रले पनि परिवर्तनको साथमा नया दिशा तर्फ आफ्नो बाटो मोडिरहेको अवस्था छ | नेपाली गीत संगीत अहिले निकै तिब्र रुपमा विकास हुने क्रममा छ | यस क्षत्रमा अहिले विभिन्न ठाउँका व्यक्तिहरु आबद्ध छन् | देशका भन्दा पनि बढी देश बाहिरका कलाकारहरु यस क्षत्रको लागि डटेर काम गरिरहेका छन् | यस्तै एक व्यक्ति हुनुहुन्छ रचनाकार नारद रिजाल | उहा एक हिसाबले भनौ भने नेपाली गीत संगीत र कला संस्कृतिको संरक्षक नै हुनुहुन्छ | उहा अहिले नेपाल देखि धेरै टाढा बिदेशी भुमि अमेरिकामा बसोबासको क्रममा हुनुहुन्छ तर नेपाली गीत संगीत प्रतिको उहाको लगाव अहिले सम्म पनि हराएको छैन | निकै राम्रा रचनाहरु तयार गर्न सक्ने खुबी भएका उहाले धेरै आफ्नो रचनाहरु प्रकाशित समेत गरिसक्नु भएको छ | यसै बिच अब उहाको एकल शब्द रचनामा उहाले चाडै आफ्नो पहिलो एल्बम “अक्षर” दर्शक माझमा लिएर आउने तयारी गर्दै हुनुहुन्छ | संगीतकार टिका भण्डारीको सुमधुर संगीतमा स्वरुप राज आचार्य , प्रमोद खरेल , डेगेन्द्र थापा लगाएतका कलाकाहरुले उहाको एल्बममा समावेश शब्द रचनामा आफ्नो स्वर भर्ने छन् | सम्पूर्ण काम सक्किसकेको र अब तिहार लगतै उक्त एल्बम सार्वजनिक गरिने जानकारी उहाले दिनुभएको छ | उहाको भनाई अनुसार पहिला अडियो सार्वजनिक हुनेछ |
उहाको योगदान नेपाली गीत संगीतको क्षत्रमा निकै अपरिहार्य रहेको छ | धेरै लामो समय देखिको शब्द रचना लेखनको क्रममा उहाले धेरै कुराको ज्ञान हासिल समेत गरिसक्नु भएको छ | नेपाली गीत संगीत नै आफ्नो पहिलो प्राथमिकता रहेको कुरा उहाले बताउनु भएको छ | उहाले आफुले निकै लामो समय देखि कोरेको रचनाहरुलाई अब सहि मार्ग निर्देशन गर्ने कुरा समेत उल्लेख गर्नुभएको छ | निकै सरल र सालिन स्वभाबका धनि उहा अहिले आफ्नो आउदो एल्बमको तयारीमा ब्यस्त हुनुहुन्छ | नेपाली गीत संगीतको स्तर निकै माथि सम्मको रहेको र यसको विकास अरु कसैले हैन नेपाली कलाकारहरुले नै गर्नुपर्छ भन्ने मान्यता उहा राख्नु हुन्छ | जहाँ रहे पनि हामी नेपाली भएकोले देशको कला संस्कृतिको जगेर्नाको जिम्मेवारी समेत हाम्रै कादमा रहेको कुरा पनि उहाले स्पस्ट पार्नु भएको छ | आफु सधैब नेपाली गीत संगीतको विकास र प्रबर्धनमा निरन्तर लागि नेपाली दर्शकहरुलाई उहाले रोजेको र खोजेको जस्तो प्रस्तुति दिने प्रयास गर्ने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ |
त्यसै गरि उहाले दर्शक श्रोताहरु नै आफ्नो लागि भगवान स्वरुप रहेको र उहाहरु नै आफ्नो लागि मार्ग दर्शक रहेको कुरा पनि उहाले प्रस्ट पार्नु भएको छ | त्यसैले उहाले देशमा तथा देश बाहिर रहनु भएका सम्पूर्ण नेपाली दर्शकहरुलाई जहाँ रहे पनि नेपाली गीत संगीत सुनेर हेरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा आफु जस्तो कलाकारहरुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्नुभएको छ | त्यस्तै उहाले बिस्वको जुन सुकै कुनामा रहनु भएका समस्त नेपाली दर्शकहरुलाई नेपालीहरुको महान चाड बिजया दशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ |

Leave a Reply

%d bloggers like this: