Fri. May 3rd, 2024

मनोरंजनसंसार डटकम
नेपालमा अहिले नेपाली गीत संगीतको आकाश ठुलो हुने क्रममा छ | धेरै कुराको परिवर्तन र थुप्रै व्यक्तिहरुको योगदान र प्रयासले अहिले नेपाली गीत संगीतले निकै राम्रो तरिकाले गति लिदै छ | यो क्षत्रको लागि मरी मेटेर निरन्तर काम गरेर आफ्नो जीवन यस क्षत्रका निमित्त ब्यक्तित गर्ने व्यक्तिहरुको पनि हामीहरु माझ सुची रहेको छ | यहि सुची भित्र पर्न सफल एक नाम हो रचनाकार हरि उप्रेती | उहाले नेपाली सांगीतिक क्षत्रको बिस्तारको लागि गरेको योगदान निकै नै अपरिहार्य रहेको छ | उहा अहिले नेपाल भन्दा बाहिर ७ समुन्द्र पारीको देश अमेरिकामा बसोबास गर्नुहुन्छ | तर बिदेशी भूमिमा रहे पनि नेपालीपन र नेपाली संस्कृतिको जगेर्ना भने उहाले गर्न छाड्नु भएको छैन | उहा करिब ७ बर्ष देखि अमेरिकामा बसोबस गर्दै आईरहनु भएको छ | उहाले अमेरिकामा रहेर पनि विभिन्न सामाजिक सेवामा लागि नेपाली पन , भाषा , साहित्य , नेपाली कला संस्कृतिको संरक्षणको निमित्त संघर्ष गरिरहनु भएको छ | त्यस्तै उहाले त्यहाँ विभिन्न संघ सस्थाको स्थापना गरि बिदेशमा सामाजिक उत्थानका निमित्त बिशेष योगदान समेत दिइरहनु भएको छ | हाल उहाले ग्लोबल भूटनीज कम्युनिटी कोलोराडोका सस्थापकको जिम्मेवारी बहन गरिरहनु भएको छ | यसका साथै उहा धर्म संस्कृतिको खातिर स्थापना भएको वैदिक सनातन भजन मण्डलीका सस्थापक सदस्य रहेर समेत काम गरिरहनु भएको छ |
hari-upreti
hari-upreti
उहाले संगीतलाई भावना र मनोरंजन मात्र नभई जीवन दर्शनको मार्ग निर्देशक पनि हो भनेर प्रस्ट ब्याख्या गर्नुभएको छ | गीत संगीतको माध्यमबाट माया प्रेम , दुख , दर्द सदभाव र जीवनको अमुल्य दर्शन प्रवाहित हुन्छ भन्ने कुरामा उहा विश्वास राख्नुहुन्छ | उहाको अनुसार जुन सुकै उमेर वा लिङ्गका व्यक्तिलाई मनोरंजनका साथै जीवन जिउन सिकाउने एक मात्र साधन गीत वा संगीत हो | त्यस्तै गीत संगीतले आफ्नो पहिचान आफ्नो संस्कृतलाई पनि त्यतिकै उजागर गर्ने कुरा पनि उहाले उल्लेख गर्नुभएको छ | यी यस्ता निकै मार्मिक सोच बोकेका यी व्यक्तिले नेपाली दर्शकहरुको लागि एउटा प्रस्तुति पेश गर्नुभएको छ |
hari-upreti
hari-upreti
उहाले भर्खरै मात्र आफ्नो एकल शब्द र संगीतकार विकास चौधरीको एकल संगीतमा विभिन्न चर्चित कलाकारहरुको अवाजलाई समेटेर “करुणा” नामक एल्बम सार्वजनिक गर्नुभएको छ | उक्त एल्बमलाई उहाले अमेरिकाबाट नै बिमोचन गर्नुभएको हो | त्यसै गरि उहाले यस एल्बमको निर्माण गर्न र आफ्नो हरेक दुख सुखमा साथ दिनुभएका आफ्नो जीवन साथी राधिका उप्रेती , छोरीहरु लिला उप्रेती र लक्ष्मी उप्रेतीप्रति आभार प्रकट गर्नुभएको छ | यसका साथै यो आधुनिक गीतिसंग्रहलाई प्रकाशन गर्न संयोजनमा सहयोग गर्ने पुरुषोत्तम फुवाल र नवराज श्रेष्ठलाई समेत धन्यवाद ज्ञापन गर्नुभएको छ | उक्त एल्बममा समावेश भएका २ वटा म्युजिक भिडियो समेत सार्वजनिक गरिएका छन् | उनको सार्वजनिक गीत “प्यारो लाग्छ” गायक स्वरुपराज आचार्य र “फुलेको गुलाब” गायक राजेशपायल राई र गायिका मेलिना राईको सुमधुर स्वरमा सजिएको छ | दुवै सार्वजनिक गीतको म्युजिक भिडियो समेत निकै राम्रो बनेको छ |
hari-upreti
hari-upreti
उहाले नेपाली गीत संगीतमा मात्र नभएर नेपाली चलचित्रमा समेत आफ्नो रचनाहरु प्रस्तुत गरिसक्नु भएको छ | उहाको रचनाहरुमा छुट्टै किसिमको आनन्दको महसुस हुने गर्दछ | उहा दुख र चोट अनि व्यथाको कुरालाई निकै सरल र सहज रुपमा आफ्नो रचनामा परिणत गर्न सक्ने खुबी भएका व्यक्ति हुनुहुन्छ | उहाले आफ्नो पहिलो प्राथमिकता नै नेपाली गीत संगीत रहेको कुरा समेत बताउनु भएको छ | आफु संसारको जुन कुनामा रहे पनि आफ्नो कला संस्कृतिलाई कहिले पनि नभुल्ने र सधै यसको जगेर्ना गर्ने उहाले प्रतिबद्धता जाहेर गर्नुभएको छ | त्यसै गरि उहाले आफ्नो आगामी दिनहरुमा निकै राम्रो रचनाहरु प्रकाशनको तयारीमा रहेको कुरा समेत खुलासा गर्नुभएको छ | नेपाली दर्शकहरुको टेस्टलाई मध्य नजर गरेर र नेपालको सामाजिक परिवेशमा केन्द्रित रहेर आफुले आफ्नो रचनाहरुको निर्माण गर्ने कुरा उहाले उल्लेख गर्नुभएको छ |
hari-upreti
आफु सधैब नेपाली गीत संगीत र कला संस्कृतिको लागि डटेर लागिपर्ने विश्वास उहाले ब्यक्त गर्नुभएको छ | हामी सबैले आफ्नो तर्फबाट देशको संस्कृतिको विकासको लागि प्रयास गर्नुपर्ने जरूरी रहेको कुरा समेत उहाले बताउनु भएको छ | यसै गरि उहाले नेपालमा तथा नेपाल बाहिर रहनु भएका सम्पूर्ण नेपालीहरुलाई हामी जहाँ रहे पनि आफ्नो संस्कृतिको सम्मान गरौ नेपाली गीत संगीत सुन्ने र हेर्न बानी बसालौ र नेपालीपनको संरक्षण गरौ भनि हार्दिक अनुरोध समेत गर्नुभएको छ | त्यस्तै उहाले नेपालीहरुको महान चाड बिजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना समेत ब्यक्त गर्नुभएको छ | त्यसै गरि उहाले नेपाली गीत संगीतलाई सुनेर आफ्नो कमि कमजोरीहरुलाई औल्याएर सहि मुल्यांकन गरि सल्लहा सुझाबको साथमा आफु जस्तो कलाकारहरुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन सम्पूर्ण दर्शक सम्क्ष बिन्ति बिसाउनु भएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: