Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
मंसिर १० गते प्रदर्शन मिति तोकेको चलचित्र “पुरानो डुंगाले” अब छिट्टै नै आफ्नो पहिलो ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको छ | चलचित्रले केहि समय अगाडी मात्र आफ्नो पहिलो “निर जैले रिसाउने” बोलको गीत युटुब मार्फत सार्वजनिक गरिसकको छ जुन अहिले सबैतिर निकै भाईरल बनिरहेको छ | सार्वजनिक गीतको अडियोलाई नै निकै छोटो समयमा करिब ३८ लाख दर्शकहरुले युटुबमा हेरिसकेका छन् | त्यस गीतले अहिले नेपालमा मात्र नभएर बिदेशमा समेत अत्याधिक चर्चा कमाईरहेको छ | अहिले हरेक ठाउँमा हरेक गल्लि , स्कुल , कलेज , गाउ बेसीमा मात्र यहि गीत गुञ्जिरहेको सुनिन्छ | गीतले सानासाना बालबालिका देखि बृध सम्मको मन जित्न सफल भएको छ | अहिले हामी कुनै बिवाह पार्टी , डिस्को , सवारी साधनमा हरेक कार्यक्रममा मात्र यहि गीत बजिरहेको सुन्न सक्छौ | गीतमा शब्द संगीत र स्वर गायक कालीप्रसाद बास्कोटाको रहेको छ | जुन गतिले अहिले यस गीतले दर्शकहरु माझ चर्चा बटुलिरहेको छ त्यस हिसाबमा अब नेपाली गीत संगीत क्षत्रमा यस गीतले एउटा छुट्टै किसिमको नया रेकर्ड बनाउने कुरामा कुनै दुईमत छैन |
purano-dhunga

अहिले उक्त गीतको कबर सोङ्गको भिडियो समेत युटुबमा अत्याधिक रुपमा देखिन थालेको छ | चलचित्रले गीतको कबर सोङ्ग भिडियोको खुल्ला प्रतिस्पर्दाको आवाहन गरेपछि निकै कम समयमा धेरै भन्दा धेरै व्यक्तिहरुले यस गीतमा डान्स प्रस्तुत गरेर युटुबमा भिडियोहरु सार्वजनिक गरेका छन् | अहिले युटुबमा यो गीतको मात्र भिडियोहरु जताततै हेर्न सकिन्छ | सानो बच्चा युवा युवती देखि बृद्ध सम्मको व्यक्तिहरुले पनि यस गीतको कबर सोङ्ग भिडियोमा डान्स गरेको देखियो | निकै सरल शब्दहरुमा तयार पारिएको यस गीतको संगीतले नै धेरै मान्छेको ध्यान आकर्षण गरेको छ | गीत बज्न साथ शरीरमा नाच्न मन लाग्ने खालको इच्छाको उत्पति यस गीतले गराउछ |
purano-dhunga

अहिलेको सबैभन्दा बढी मोस्ट वेटेड चलचित्रको सूचिको उच्च स्थानमा यो चलचित्रको नाम रहेको छ | पहिलो टिजर हेरिसकेपछि अहिले सम्पूर्ण देशभित्र मात्र नभएर देश बाहिर रहनु भएका दर्शकहरुलाई समेत अब ट्रेलरको पर्खाई रहेको छ | निर्माण पक्षेले पनि चलचित्र निकै नै राम्रो बनेको र नेपाली दर्शकहरुले खोजेको र रोजेको चलचित्र निर्माण भएको कुरा स्पस्ट पारेको छ | चलचित्रमा खोला किनार डुंगा चलाएर गुजारा गर्ने सरल परिवारको कथालाई केन्द्र बिन्दु बनाएर चलचित्रको कथा बस्तु तयार भएको छ | एउटा परिवार जसमा २ भाइहरु हुन्छन र समयको अन्तरल संगै परिवारमा कस्तो किसिमको समस्या आउछ र कस्तो किसिमको कलह निम्त्याउन सक्छ भन्ने कुराको सेरोफेरोको घेरामा चलचित्र घुम्ने कुराको जानकारी निर्माण पक्षेले दिएको छ | चलचित्रमा मनोरंजनका कुराहरु कुटीकुटी भरिएको छ | चलचित्रले एकछिन पनि दर्शकहरुको ध्यान अन्त भटकिन नदिने कुरा पनि निर्माण टिमले उल्लेख गरेको छ | चलचित्रको कथा बस्तुले चलचित्र सुरु भए देखि सकिने अन्तिम सम्म दर्शकहरुलाई बढेर राख्ने विश्वास निर्माण पक्षेले ब्यक्त गरेको छ | चलचित्रको अहिले भैरहेको चौतर्फी चर्चाको कारण यो चलचित्रले नेपाली चलचित्र क्षत्रको इतिहासमा नया किर्तिमान कायम गर्ने कुराको अड्कल अहिले धेरै चलचित्र विज्ञहरुले लगाउन थालिसककेका छन् |


सिनेमा आर्टको ब्यानरमा माओत्से गुरुङको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ्ग राई , माओत्से गुरुङ , प्रियंका कार्की , मेनुका प्रधान , डीबी गुरुङ , बुद्धि तामाङ्ग , मणि राम पोखेरल , पुस्कर गुरुङ , पुर्णिमा गुरुङ , सुदाम सिके., मिन पुन र नवाजुंग गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा प्रस्तुतकर्ता माओत्से गुरुङको हो भने स्क्रिप्ट लेखनको काम निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले गरेका छन् | पछिल्लो समय “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सर्भादिक सफल चलचित्र निर्देशन गरिसककेका निर्देशक रामबाबु गुरुङको यो तेस्रो चलचित्र हो | आफ्नो पछिल्लो दुई चलचित्र जस्तै यस चलचित्रले पनि सम्पूर्ण दर्शकहरुको मन जितेर सफलता हात पार्ने कुरामा उनि निकै आशावादी देखिनछन् | सैलेन्द्र डि कार्कीको छायांकनमा रहेको चलचित्रको सम्पादनको जिम्मा भने निमेष श्रेष्ठले लिएका छन् | चलचित्रका निर्माता तर्फ रौनक विक्रम कडेल , ओम चन्द रौनियार ,धन बहादुर गुरुङ र प्रकाश गुरुङ रहेका छन् | त्यसै गरि चलचित्रका सहनिर्माता तर्फ अर्जुन कार्की , फुलन देवी गुरुङ छन् भने कार्यकारी निर्माता तर्फ माओत्से गुरुङ , मणि राम पोख्रेल र बाल्मिकी पोखरेल रहेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: