Fri. May 3rd, 2024

मनोरंजन संसार डटकम
रचनाकार कादम्बरी दाना श्रेष्ठको प्रस्तुतिमा राजधानीमा एक कार्यक्रम बीच “सुशान्तको स्मृति” नामक एल्बमको बिमोचन गरिएको छ | नेपाली गीत संगीतको विभिन्न अग्रज व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा पत्रकारहरुको पनि राम्रो सहभागिता रहेको थियो | नेपाल प्रज्ञा प्रतिस्थानको भवनमा आयोजित कार्यक्रममा उपस्थित महानुभावहरुले एल्बमको बारेमा केहि कुराको टिका टिप्पणी समेत गरेका थिए |
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
रचनाकार कादम्बरी दाना श्रेष्ठको रचना समावेश उक्त एल्बममा छोडी जाने , चोट माथि , कसलाई भनु , हरेर लग्यो र बेखबर दुनियालाई सहि जम्मा ५ वटा गीतहरु समावेश रहेको छ | उक्त गीतहरुमा संगीत मनराज नकर्मीको रहेको छ भने गायिका मिलन अमात्यले आफ्नो सुमधुर स्वरको जादु चलाएकी छिन् | कार्यक्रममा उक्त एल्बमकै हरेर लग्यो बोलको गीत गाएर गायिका मिलन आमात्यले सबैलाई मनोरंजन गराएका थिए |

Leave a Reply

%d bloggers like this: