Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी चलचित्रको घोषणा गरेर भर्करै मात्र छायांकन सकेर बसेको चलचित्र “लभ लभ लभ” ले आफ्नो प्रदर्शन मिति तय गरेको छ | चलचित्र नया बर्ष २०७४ को पहिलो दिन बैशाख १ गते देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउनेछ | चलचित्रका निर्देशक दिपेन्द्र के. खनाल हुन् | अहिले सम्म यस चलचित्र संग को जुदने भन्ने बारेमा भने कुनै कुरा निस्केको छैन |
love-love-love
निर्मात्री शर्मिला पाण्डे निर्मित चलचित्रमा स्वस्तिमा खड्का , सुरज पाण्डे , रमेश बुढाथोकी , देशभक्त खनाल लगाएतका कलाकारहरुको अभिनय रहेको छ | यसरि चलचित्रको प्रदर्शन मिति तय गरिदा निर्देशक दिपेन्द्र के. खनालले निकै खुसि ब्यक्त गरेका छन् | आफुले यस चलचित्रमा निकै मेहेनत गरेको र यस चलचित्रबाट आफुलाई निकै आशा रहेको कुरा समेत उनले बताएका छन् |
चलचित्रको छायांकन सुन्दर नगरी पोखरा र मनकामनामा गरिएको छ | चलचित्रमा निरज कंडेलको छायांकन समावेश रहेको छ |

Leave a Reply

%d bloggers like this: