Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत संगीतको सबै कुरा परिवर्तन भैसकेको छ | युवा पुस्ताको धेरै पकड भएर पनि होला चलन चल्तीको हिसाबले पनि नेपाली सांगीतिक क्षत्रको बाटो अब नया दिशा तर्फ मोडिरहेको छ | यसै बिचमा नया कलाकारहरुको आगमन पनि तिब्र छ तर धेरै लामो समय देखि यस क्षत्र संग आबद्ध रहेर काम गर्ने कलाकारहरुको सुची पनि सानो भने छैन | यहि सुची भित्र पर्न सफल एउटा नाम हो गायक सुसन साम्सोहाङ लिम्बु |
susan-samsohang-limbu
susan-samsohang-limbu
ताप्लेजुङ्गमा जन्मनु भएका उनले निकै लामो समय देखि नेपाली गीत संगीत क्षत्रमा आफ्नो उपस्थिति जनाई रहनु भएको छ | धेरै लामो समयको आफ्नो साधना र मेहेनतले उहाले संगीतको निकै ज्ञान समेत आर्जन गरिसक्नु भएको छ | केहि समय अगाडी मात्रै उहाको “सोल्टिनी” नामक एल्बम सार्वजनिक भएको थियो | त्यसै एल्बममा समावेश उनकै सुमधुर स्वरमा सजिएको “सोल्टिनी” बोलको गीतले अहिले युटुबमा राम्रो चर्चा कमाईरहेको छ | त्यस्तै उनको यो भन्दा अगाडिको सार्वजनिक गीतहरु पनि निकै राम्रा रहेका छन् | अहिले विभिन्न कार्यक्रमहरुमा दर्शकहरुबाट उनको माग हुन थालेको छ |
susan-samsohang-limbu
susan-samsohang-limbu
अहिले हाम्रो नजिकै नेपालीहरुको महान चाड बडा दशैं र दिपावली रहेको छ | यो बिचमा विभिन्न कलाकारहरुले दशैं तिहारलाई लक्षित गरेर नया गीतहरु निकालेका छन् | यसै बिचमा उनले पनि नेपाली दर्शकहरुको टेस्टलाई मध्य नजर गर्दै दशैं तिहारलाई केन्द्रित पारेर “दशैं तिहार रमाइलो” बोलको गीत लिएर आउने तयारीमा रहेका छन् | उनको जानकारी अनुसार सबै रेकोर्डडिङ्गको काम संगै अहिले उक्त गीतको म्युजिक भिडियोको काम समेत सक्किसकेको छ | उनले भने “अब छिट्टै नै सम्पूर्ण दर्शकहरुले मेरो नया गीत सुन्न र हेर्न पाउनु हुनेछ |” सम्पूर्ण देशमा मात्र नभएर नेपाल बाहिर रहनु भएका नेपाली दर्शकहरुलाई आफ्नो यो गीत दशैं र तिहारको कोसेली रहेको कुरा समेत उनले उल्लेख गरेका छन् | अहिले आयोजित प्राय कार्यक्रममा उनको प्रस्तुति हुने गरेको छ | उनको गीतलाई दर्शकहरुले पनि अत्याधिक माया दिइरहनु भएको अवस्था छ |
susan-samsohang-limbu
उनले नेपाली गीत संगीत नै आफ्नो पहिलो प्राथमिकता रहेको र यो नै आफ्नो अन्तिम लक्ष्य रहेको कुरा उनले बताएका छन् | आफु एक किसिमले संगीत पुजारी रहेको र यो बिना आफुलाई बाच्न निकै कठिन र एक तर्फिले भन्दा असम्भव नै हुने कुरा पनि उनले जीकर गरेका छन् | आफुले सधै नेपाली दर्शकहरुलाई उहाहरुले खोजेको र रोजेको जस्तो गीतहरु प्रदान गर्ने कोसिस गर्ने विश्वास उनले व्यक्त गरेका छन् | त्यसै गरि उनले नेपाल भित्र मात्र नभएर नेपाल बाहिर रहनु सम्पूर्ण दर्शकहरुलाई दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै जहाँ रहे पनि सधैब नेपाली गीत संगीतलाई सुनेर माया र सम्मानको साथमा आफु जस्तो कलाकारहरुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन हृदय देखि बिनम्र अनुरोध गरेका छन् |
हेर्नुस उनको पछिल्लो गीत :

Leave a Reply

%d bloggers like this: