Thu. May 2nd, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली सांगीतिक क्षत्रमा विभिन्न ठाउँहरुबाट विभिन्न क्षत्रका व्यक्तिहरु आबद्ध रहेका छन् | वास्तविकतामा हेर्ने हो भने बिशेष गरि अहिले युवा पुस्ताको ध्यान बढी नेपाली गीत संगीतमा केन्द्रित रहेको छ | आफु अरु पेशामा संलगन भए पनि नेपाली गीत संगीत प्रतिको लगावलाई पनि संग संगै लिएर जान चाहने व्यक्तिहरुको सुची पनि नेपालमा रहेको छ | यहि सुची भित्रको एउटा नाम हो गायक सुमन श्रेष्ठ (संगम) | २०७३ साल असोज ९ गते धनकुटा , चान्वा-७ मा जन्मिएका यी कलाकार पेशाले एक कुशल सिभिल इन्जिनियर हुन् | हालको बसाई धरान-१६ , सुनसरी रहेका उनको कर्मथलो पनि त्यहि नै हो | सानै देखिको उनको संगीत प्रतिको लगाव र इच्छा चाहनाले गर्दा आज उनि यो स्थान सम्म आइपुगेका छन् | उनि आफ्नो पेशामा लागिरहदा पनि संगीतको यात्रालाई भन्दा एउतै गतिमा लिएर हिड्न सफल रहेका छन् | आफ्नो मूल पेशा र संगीतको दुवै धारलाई बरोबर अघि बढाई रहने नै आफ्नो लक्ष्य रहेको कुरा पनि उनले उल्लेख गरेका छन् |
OLYMPUS DIGITAL CAMERA
उनि नेपाली गीत संगीत क्षत्रमा साधनाको साथमा प्रवेश गरेका हुन् | उनले धरानमा २ बर्ष ओम प्रकाश राईबाट संगीतको अध्यन पनि गरेका थिए | त्यस्तै उनले संगीत गुरु राम धामी र रिसभ संग समेत १-१ बर्षको संगीतको अध्यन गरेका थिए | उनि पेशाले सिभिल इन्जिनियरको रुपमा २०६३ साल देखि काम गरिरहेका छन् |
OLYMPUS DIGITAL CAMERA
धेरै पहिला देखिको संगीत प्रतिको लगाव भएतापनि यस क्षत्रमा भने उनले धेरै पछि आएर हात हालेका छन् | यो लामो समयको अन्तरालमा धेरै कुराको ज्ञान समेत उनले हासिल गरिसकेका छन् | उनले पहिलो पटक यो आफ्नो सांगीतिक यात्राको दौरानमा २०७० सालमा जन्म राईको शब्द संगीतमा ” एक नजर तिमीले क हेरेउ “बोलको गीत रेकर्ड गराएका थिए | आफ्नो पहिलो गीतको सफलता संगै उनले त्यसै बर्ष आफ्नो पहिलो एकल एल्बम “सुमन” सार्वजनिक गरे | त्यसपछि उहाले लगत्तै २ बर्षको अन्तरालमा २०७२ सालमा दोस्रो एकल एल्बम “दृश्य” सार्वजनिक गरे | त्यो एल्बमको सफलता संगै आफ्नो संगीत यात्राको गतिलाई बढाउदै त्यसै बर्षनै आफ्नो तेस्रो एकल एल्बम ” दृश्य-२ ” सार्वजनिक गरे | त्यसै गरि अहिले फेरी मात्र १ बर्षको छोटो समयमा उनले आफ्नो चौथो एल्बम “चर्खा” सार्वजनिक गरेका छन् |
OLYMPUS DIGITAL CAMERA
काठमाडौँमा आयोजित एक भब्य र सभ्य कार्यक्रम बीच उनले आफ्नो चौथो एल्बम चर्खा सार्वजनिक गरेका हुन् | संगीत संग आबद्ध विभिन्न बिसिस्ट व्यक्तिहरुको उपस्थिथि रहेको कार्यक्रममा सम्पूर्ण पत्रकारहरुको समेत बाक्लो सहभागिता रहेको थियो | उनले आयोजित कार्यक्रममा आफ्नो एल्बम संगै यसै एल्बममा समावेश “धागो चर्खाको” बोलको गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरेका थिए जुन भिडियो अहिले युटुबमा निकै लोकप्रिय हुदै गईरहेको छ | कार्यक्रममा उपस्थित सबैले उनको प्रशंसा सहित उनलाई बधाई ज्ञापन गरेका थिए | उनले त्यहाँ उनको निम्तोलाई स्वीकार गरेर उपस्थित हुनुभएका उच्च तहको मनानिये व्यक्तिहरुलाई सम्मानको कार्यक्रम समेत गरेका थिए | त्यस्तै उनले आफ्नो यो चौथो कोसेलीको दौरानमा आबद्ध रहनु भएका व्यक्तिहरुलाई त्यसै कार्यक्रम मार्फत मायाको चिनो समेत प्रदान गरेका थिए |
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
उनले अहिले सम्म आफ्नो ५ वटा म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् | उनको सार्वजनिक म्युजिक भिडियो यसप्रकार छन् : एक नजर “सुमन” एल्बमबाट , “पिडित छन् यहाँ” “दृश्य” एल्बमबाट , “मै प्यारो नभए नि” “दृश्य-२” एल्बमबाट , “प्रीतिको फुल” “दृश्य-२” एल्बमबाट , “हामी साथी साथी” “दृश्य-२” एल्बमबाट र “धागो चर्खाको” अहिलेको नया चौथो एल्बम “चर्खा” बाट रहेका छन् |
OLYMPUS DIGITAL CAMERA
उनले आयोजित कार्यक्रममा बोल्दै आफु जुन सुकै पेशामा संलगन भए पनि नेपाली गीत संगीतलाई कहिले पनि छोड्न नसक्ने र यसमा आफु निरन्तर रुपमा अगाडी बढिरहने विश्वास उनले ब्यक्त गरेका थिए | नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकता रहेको र यसले आफ्नो खुसिको बाटो निर्धारण गर्ने कुरा समेत उनले बताएका छन् | आफु निरन्तर रुपमा नेपाली गीत संगीतको विकास र प्रबर्धनमा लाग्ने र नेपाली दर्शकहरुले खोजेको र रोजेको जस्तो गीत संगीत सधैब प्रदान गर्ने कोसिस गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् | साथसाथै उनले सम्पूर्ण नेपाली दर्शकहरुलाई अग्रिम बडा दशैंको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै जहाँ रहे पनि नेपाली गीत संगीत र नेपाली कलाकारहरुलाई माया र सम्मान गरिदिनुहुन बिनम्र अनुरोध समेत गरेका छन् |
suman-shrestha
suman-shrestha
suman-shrestha
suman-shrestha
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: