Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
धेरै पहिले देखि नेपाली गीत संगीत क्षत्रमा आबद्ध र अहिलेका चर्चित गायक राजेश पायल राईले आफ्नो नया एल्बम “दर्शक नमस्ते ३” सार्वजनिक गरेका छन् | अहिलेका बेलामा निकै ब्यस्त गाएको सुचिमा निकै माथि उनको नाम रहेको छ | अहिले नेपाली चलचित्रमा उनको स्वरमा सजिएको गीत नभएको निकै कम भेटिन्छ | उनको सुमधुर स्वरको र प्रस्तुतिको नेपालमा मात्र नभएर नेपाल बाहिर पनि अत्यधिक फ्यानहरु रहेका छन् | उनको देश भित्र मात्र नभएर नेपाल बाहिर पनि निकै डिमाण्ड रहेको छ | आज उनको सानो बच्चा देखि बुढो सम्मको दर्शकहरु फ्यान रहेका छन् | उनको गीत सबै वर्गको दर्शकहरुलाई बनेको छ र सबैले सुनेर मनोरंजन समेत लिएका छन् | उनको गीतको अहिले बजारमा निकै माग रहेको छ |
उनले राजधानीमा एक कार्यक्रम बीच आफ्नो यो एल्बमको आफ्नो आमा बुवाको हात बाट बिमोचन गरेका हुन् | एल्बमलाई विन्धवासिनी म्युजिकले बजारमा ल्याएको हो । विन्धवासिनीले १५ लाखमा “दर्शन नमस्ते ३” को सबै डिजिटल अधिकार पनि किनेको छ । एल्बममा ९ वटा गीत समावेश छन् । प्रस्तुत गीतमा महेश खड्का, हरि लम्साल, सन्तोषराज, विनोद खम्बु, राई नविन र ईन्दिरा जोशीको संगीत छ भने महेश खड्का, रत्नशमशेर थापा, डाक्टर नवराज लम्साल, दिनेश अधिकारी, राम रेप्चुङ राई, नरेश भट्टराई र केदार सुनुवारले एल्बममा समावेश गीतको शब्द रचना गरेका छन् |
darshan-namaste-3-cp
आयोजित कार्यक्रममा गायक राजेशपायलले एल्बममा समावेश तीन गीत गाएर सबैलाई मनोरंजन समेत गराए । यस्तै उनले एक्टर विल्सन विक्रम राईको निर्देशनमा टाईटल गीतको भिडियो पनि तयार गर्ने तयारी भएको घोषणा समेत गरे । आफुले सधै दर्शकहरुलाई राम्रो गीत संगीत प्रस्तुत गर्न खोजेको र यस पटक भने त्यहि प्रयासलाई निरन्तरता दिएको कुरा उल्लेख गरेका छन् |

Leave a Reply

%d bloggers like this: