Sun. Apr 28th, 2024

मनोरंजनसंसार डटकम
असोज १४ गते प्रदर्शन मिति तोकेको चलचित्र “सत्यदीप” ले आफ्नो प्रचार प्रसार निकै तिब्र पार्दै लगिरहेको छ | तर चलचित्रलाई प्रोमोशनको यो बेलामा कलाकारको साथ भने छैन | हुन त यो घटना कुनै नौलो हैन चलचित्र भरि प्रोमोशन आफु डटेर लाग्छु भन्ने तर पछि चलचित्र सकेर प्रोमोशनको समय आएपछि चलचित्रलाई बेवास्ता गर्ने प्राय कलाकारहरुको चलन त अझै उस्तै नै छ | यहि घटना यस चलचित्रमा पनि दोहोरिएको छ |
चलचित्रकी नायिका सबिना केसीले चलचित्र “सत्यदीप” को प्रोमोशनलाई बेवास्ता गरे पछि चलचित्र टिमले आक्रोश ब्यक्त गर्दै उनलाई चलचित्रको प्रोमोशन देखि बाहिर गर्ने निर्णय गरेको छ | पटक पटक बोलाउदा पनि आउछु भनेर ढाट्ने र घन्टौ सम्म चलचित्र टिमलाई कुराएर अन्तिममा नआएको हुनाले र यहि क्रम उनले पटक पटक धेरै चोटी दोहोराएको हुनाले उनलाई चलचित्र टिमले प्रोमोशन देखि अलग्याउने निर्णय गरेको हो |
चलचित्रको निर्माता बिनय राम श्रेष्ठ हुन् भने निर्देशक पुष्कर घिमिरे रहेका छन् | चलचित्रमा जोनी सिंह राणाजी , सबिना केसी , श्याम केसी , साइमोन दाहाल , जीवन गिरी , रवि गिरी लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रमा अर्जुन पोखरेलको संगीत समावेश रहेको छ |
चलचित्र निकै राम्रो बनेको र अहिले सामाजिक सेरोफेरोको कथामा घेरिएको कुरा निर्माता बिनय राम श्रेष्ठले बताउनु भएको छ | चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास उहाले ब्यक्त गर्नु भएको छ | चलचित्रको गीत संगीत पक्ष निकै राम्रो रहेको कुरा पनि उहाले स्पस्ट पार्नु भएको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: