Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
लेखक निर्देशक शिवम अधिकारीको निर्देशनमा चलचित्र “पंचायत” को निर्माण हुने भएको छ | पश्चिम नेपालको पर्वत र वाग्लुङ जिल्लामा छायांकन गरिने यस चलचित्रको बाग्लुङको कालिका मन्दिरमा शनिबार शुभमुहर्त गरिएको छ |
चलचित्रमा सरोज सरोज खनाल , निता ढुङ्गाना, रुपा राना , गिता अधिकारी, गणेश गिरि, जाहान्वी बस्नेत,सुचित्रा उप्रेती ,प्रकृति ढुङेल, विशाल पहारी ,किरण थापा,अश्विनी कोइराला ,मुना वन लगाएतका कलाकारहरुको अभिनय रहने छ | चलचित्रमा टंक बुढाथोकीको संगीत , रामेश्वर कार्कीको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन समावेश हुनेछ |
गणेश गिरी प्रस्तुतकर्ता रहेको यस चलचित्रका कार्यकारी निर्माता रवि अधिकारी हुन् भने निर्माता तर्फ भने सुशान्त श्रेष्ठ र शंकर सुवेदी रहेका छन् |

Leave a Reply

%d bloggers like this: