Tue. May 14th, 2024

मनोरंजनसंसार डटकम
आज अर्थात् असोज ७ गते शुक्रबार देखि प्रदर्शन सुरु गरेको चलचित्र “झुम्की” ले पहिलो दिन मा नै निकै राम्रो दर्शकहरुको साथ पाएको छ | आज पहिलो दिनमा नै बिहानै देखि हलहरुमा दर्शकहरुको चाप देखिएको छ | हिजो मात्र प्रिमिएर गरेर सबैबाट प्रशंसा बटुलेको “झुम्की” ले आज पहिलो दिनमा दर्शकहरुको अत्याधिक साथ पाएकोले चलचित्रले भोलिको दिनमा निकै राम्रो गर्ने संकेत देखिएको छ | चलचित्रले सिंगल थिएटरमा मात्रै आज पहिलो दिन मै ९० % को अकुपेन्सी गर्न सफल भएको छ | त्यस्तै मल्टिप्लेक्स तर्फ भने ७० % को अकुपेन्सी गर्न सफल भएको छ | प्राप्त जानकारी र हल रिपोट अनुसार चलचित्रले बिहानैबाट अधिकांश हलहरुमा हाउसफुल शो गरेको छ | गोपीकृष्ण , अस्टनारायण लगाएतका ठुला हलहरुमा समेत चलचित्रले बिहानै देखि हाउसफुल शो गरिरहको छ | चलचित्रले पहिलो दिन बाटै निकै तिब्र रुपमा सफलताको गति लिरहेको देखिएको छ | पहिलो दिनको यस किसिमको अपार सफलताले चलचित्रले एउटा छुट्टै किसिमको इतिहास रच्ने निश्चित देखिन्छ |
jhumkee
चलचित्रको कथा बस्तु र नायक दयाहाङ्ग राई चलचित्रको मुख्य कारक तत्वो हो जसले दर्शकहरुलाई हल सम्म आउन बाध्य बनाउछ | त्यसै गरि निर्देशक रामबाबु गुरुङको परिकल्पना र निर्देशक अपिल बिष्टको निर्देशनले चलचित्रलाई अझै राम्रो बनाएको छ |
jhumki
अपिल बिष्ट फिल्म्स प्रोडकसन र सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्र “झुम्की” मा नायक दयाहाङ्ग राई संगै रिश्मा गुरुङ , निश्चल बस्नेत , मनोज आर.सी , भोलाराज सापकोटा , प्रमोद अग्रहारी , रबिन्द्र सिंह बानिया , सुष्मिता कार्की , प्रेम वर्षा खड्का र मलिना जोशी लगाएतका कलाकारहरुको मुख्य भूमिका देख्न सकिन्छ | त्यसै गरि चलचित्रमा निमेष श्रेष्ठको सम्पादन र शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको छ | चलचित्रमा कालीप्रसाद बास्कोटा र हेमन्त रानाको संगीत समावेश रहेको छ |
jhumkee
चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ | चलचित्रको पहिलो दिनको यस किसिमको सफलताको आधारमा चलचित्रले अब भोलिको दिनमा निकै नै राम्रो व्यापार गर्ने र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास उहाले व्यक्त गर्नुभएको छ |
jhumkee
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: