Wed. May 1st, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपालमा धेरै कुरामा परिवर्तन संगै सुधार पनि भएको छ | त्यसै मध्य नेपाली चलचित्र क्षत्र पनि एक हो | अहिले नेपाली चलचित्र क्षत्रले एउटा नया दिशा तर्फ आफ्नो बाटो मोडेको छ | नेपाली चलचित्र क्षत्रलाई तिरस्कार गर्ने व्यक्तिहरुको संख्या कुनै समय निकै बढेर आएको थियो | तर गुणतरीय नेपाली चलचित्रको आगमनले ति त्यस्ता व्यक्तिहरुको संख्या अब घट्दै छ | यी यस्ता ब्यकिहरुको मुखमा फेरी एकपटक ताल्चा लगाउन आउदै छ असोज ७ गते चलचित्र “झुम्की” | चलचित्रको धेरै लामो समय देखि निकै चर्चा परिचर्चा भैरहेको छ | बिल्कुलै फरक नामकरण गरिएको र सस्पेन्स कथामा केन्द्रित रहेको हुनाले पनि चलचित्रलाई लिएर दर्शकहरु माझ निकै उत्सुकता रहेको देखिन्छ | चलचित्रको बास्तविकता बुझनको लागि भने चलचित्र हेर्न हल सम्म जानै पर्छ |
jhumki
अपिल बिष्ट फिल्म्स प्रोडकसन र सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्र “झुम्की” लाई निर्देशक अपिल बिष्टले निर्देशन गरेका हुन् | चलचित्रमा नायक दयाहाङ्ग राई , रिश्मा गुरुङ , निश्चल बस्नेत , मनोज आर.सी , भोलाराज सापकोटा , प्रमोद अग्रहारी , रबिन्द्र सिंह बानिया , सुष्मिता कार्की , प्रेम वर्षा खड्का र मलिना जोशी लगाएतका कलाकारहरुको मुख्य भूमिका देख्न सकिन्छ | चलचित्रमा राम बाबु गुरुङको कथा पटकथा , निमेष श्रेष्ठको सम्पादन र शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको छ | चलचित्रमा कालीप्रसाद बास्कोटा र हेमन्त रानाको संगीत समावेश रहेको छ |
jhumkee
चलचित्र सत्य घटनामा आधारित रहेको छ तर चलचित्रले दर्शकहरुको ध्यान एकछिन् पनि अन्त भटकिन दिदैन | चलचित्र पूर्ण रुपमा मनोरंजननात्मक रुपमा तयार गरिएको र दर्शकहरुको रोजाई र चाहनालाई मध्य नजरमा राखेर चलचित्रको दिशा निर्धारण गरिएको कुरा निर्देशक अपिल बिष्टले जानकारी दिनुभएको छ | चलचित्रमा हाँसो , रोदन , एक्सन र रोमान्सको मिश्रण गरिएको छ | दर्शकहरुले चलचित्र हेरेपछि एक किसिमको आनन्द प्राप्त गर्नुहुनेछ | आफुले दर्शकको टेस्टलाई बुझेर दर्शकहरुको इन्टरटेनमेन्टको लागि चलचित्र बनाएको र यस चलचित्रबाट दर्शकहरुको पुरा पैसा असुल हुने कुरा पनि निर्देशक अपिल बिष्टले स्पस्ट पार्नुभएको छ |
jhumki
चलचित्रको कथा बस्तु अति उकृष्ट रहेको र यसले प्रत्यक नेपाली दर्शकहरुको मन छुने विश्वास कलाकार मनोज आर.सीले बताउनु भएको छ | राम्रो र मनोरंजननात्मक चलचित्र हेर्न चाहने दर्शकहरुको लागि “झुम्की” एउटा भरपुर मनोरंजनको प्याकेज रहेको कुरा पनि उनले उल्लेख गरेका छन् | आफ्नो पछिल्लो चलचित्र भन्दा यसमा आफ्नो भूमिका अलि फरक र पृथक रहेको र आफुले आफ्नो तर्फ चलचित्र माथि पूर्ण रुपमा न्याय गर्ने प्रयास गरेको कुरा पनि उनले बताएका छन् |
jhumkee
चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ | “झुम्की” पूर्ण रुपमा कमर्सियल चलचित्र रहेको र दर्शकहरुको १ पैसा पनि खेर नजाने विश्वास उहाले व्यक्त गर्नुभएको छ | सत्य घटनालाई पृथक रुपमा पर्दामा निकै सहज ढंगले उतार्न खोजिएको र दर्शकहरुको मनोरंजनको लागि कुनै किसिमको कसर चलचित्रले नछोडेको कुरा समेत उहाले बताउनु भएको छ | चलचित्रले दर्शकहरु माझ एउटा छुट्टै किसिमको ठाउँ बनाउने र सम्पूर्ण दर्शकहरुलाई खुसि तुल्याउने अनुमान अधिकांश बिश्लेषक र हल ब्यवसाईहरुले लगाएका छन् |
jhumki-1
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: