Mon. May 6th, 2024

मनोरंजनसंसार डटकम
जय माँ अम्बे फिल्मस् प्रा.ली.को ब्यानरमा बिमल मान गुबाजुले निर्माण तथा दयाराम दाहालको निर्देशनमा बन्न लागेको चलचित्र “रानी” को हिजो औपचारीक घोषणा सँगै शुभ मुहुरत गरिएको छ | राजधानीमा आयोजित एक कार्यक्रम बीच क्यामेरालाई पुजा गरीए सँगै “रानी” फिल्मको एक्शन कट सुरु भएको हो ।
चलचित्रको बिषय बस्तु बिशेषत,द्धन्द, खुशि र रोमानिटक लभस्टोरीमा केन्द्रित रहने जानकारी निर्माण पक्षेले दिएको छ | निर्माता बिमलका अनुसार फिल्मले सामाजिक कथाबस्तुलाई सकारात्मक ढंगले पर्दामा चित्रण गर्नेछ । धेरै बर्ष अगाडी देखिनै फिल्म निर्माण गर्दै आईरहनुका उहाले चलचित्रको कथा बस्तु उत्कृष्ट रहेकोले आफुले लगानी गरेको कुरा स्पस्ट पार्नु भएको छ |
चलचित्रको कथा लेखन याम थापाले गरेका हुन् । त्यस्तै फिल्ममा कबिराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन तथा अष्ट महर्जनले द्धन्द निर्देशन रहने छ । फिल्ममा समाबेश बिजय घिमिरे , बिमल गौतम र निर्देशक दाहालको शब्दलाई अर्जुन पोखरेल र बिजय घिमिरेले संगीतबद्ध गर्ने भएका छन् । कार्यक्रममा उपस्थित पाका कलाकार शिब श्रेष्ठले ‘रानी’ फिल्मको युनिट सहित नयाँ कलाकारहरुलाई सफलताको शुभकामना पनि दिएका थिए । चलचित्रको छायांकनको जिम्मा भने पुरुषोत्तम प्रधानले लिएका छन् |
चलचित्रमा अनुप बिक्रम शाही , मलिना जोशी , ध्रुब कोईराला , हिमा कोईराला , राम चन्द्र अधिकारी , किशोर झा ,सिपी पौडेल , सुनिता श्रेष्ठ र नव कलाकारहरु सारुक ताम्राकार र मनिष श्रेष्ठ लगाएतको अभिनय रहने छ । चलचित्र असोज २ गते बाट सुटिङ्ग फ्लोरमा जाने र ४० दिनमा छायांकन पुरा गर्ने जानकारी निर्माण पक्षेले दिएको छ | चलचित्रको छायांकन काठमाडौं, पोखरा र जोमसोम लगाएतका विभिन्न ठाउँहरुमा गरिने छ |

Leave a Reply

%d bloggers like this: