Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
गोपिकृष्ण मुभिजले हरेक बर्ष गर्दै आएको “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार” यसपटक पनि हिजो आइतबारको दिन राजधानीको हायात होटेलमा भब्यताका साथ सम्पन्न गरेको छ | अधिकांश कलाकार र पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रममा थुप्रै विधामा अवार्ड प्रदान गरिएको थियो
यो बर्षको अवार्डमा सर्वोत्कृष्ट फिल्मको अवार्ड पशुपतिप्रसादले जितेको छ भने उत्कृष्ट निर्देशकको अवार्ड दिनेश राउतले ‘क्लासिक’ फिल्मबाट हात पार्न सफल भएका छन् | त्यसै गरि उत्कृष्ट अभिनेता र अभिनेत्रीतर्फ क्लासिक फिल्मबाटै नायक आर्यन सिग्देल र नम्रता श्रेष्ठले जितेका छन् | यस्तै उत्कृष्ट लेखन तर्फ पशुपतिप्रसादबाट खगेन्द्र लामिछानेले अवार्ड उचालेका छन् |
उत्कृष्ट सह अभिनेत्रीमा अधकट्टीबाट अशिष्मा नकर्मीले अवार्ड जित्दा उत्कृष्ट नव अभिनेतामा होस्टेल रिटर्न्सबाट सुशिल सिटौलाले र ड्रिम्सबाट साम्राज्यराज्य लक्ष्मी शाहले नव अभिनेत्रीको अवार्ड जिते।
सम्पुर्ण विजेताको नामावली सुची यसप्रकार छः
हिरा सर्वोत्कृष्ट फिल्म – पशुपति प्रशाद
प्रकाश सर्वोत्कृष्ट निर्देशक – दिनेश राउत, क्लासिक
शिव सर्वोत्कृष्ट अभिनेता – आर्यन सिग्देल, क्लासिक
भुवन सर्वोत्कृष्ट अभिनेत्री – नम्रता श्रेष्ठ, क्लासिक
चेतन सर्वोत्कृष्ट लेखन – खगेन्द्र लामिछाने, पशुपति प्रशाद
तुलसी सर्वोत्कृष्ट सम्पादन – सुरेन्द्र पौडेल, क्लासिक
मन्जु सर्वोत्कृष्ट छायाँकार – पुरुषोत्तम प्रधान र संजय लामा – ड्रिम्स
नीर सर्वोत्कृष्ट सह अभिनेता – कामेश्वर चौरसिया, रेशम फिलिली
बसुन्धरा सर्वोत्कृष्ट सह अभिनेत्री – अशिष्मा नकर्मी, अधकट्टी
विश्व सर्वोत्कृष्ट नव अभिनेता – सुशील सिटौला, होस्टेल रिटर्न्स
चैत्य सर्वोत्कृष्ट नव अभिनेत्री – सम्राज्ञी राज्य लक्ष्मी शाह, ड्रिम्स
भुटानी सर्वोत्कृष्ट द्वन्द निर्देशन – हिमाल केसी, भैरव
प्रदीप सर्वोत्कृष्ट साउण्ड मिक्सीङ – मुकेश शाह, भैरव
शुभ सर्वोत्कृष्ट पार्श्व संगीत – एलिश कार्की, प्रेम गीत
बसन्त सर्वोत्कृष्ट कोरियोग्राफर – रेनेशा राइ, प्रेम गीत (म यस्तो गीत गाउछु)
उदित सर्वोत्कृष्ट पार्श्व गायन – अन्जु पन्त, वडा नम्बर ६ (सुर्के थैली खै)
शम्भुजित सर्वोत्कृष्ट संगीतकार – अर्जुन पोखरेल, प्रेम गीत (म यस्तो गीत गाउछु)
कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायिक फिल्म – ड्रिम्स
मह जुरी अवार्ड – अनमोल केसी , पपुलर
पुस्कर सर्वोत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड – डा. प्रदीप भट्टराई

Leave a Reply

%d bloggers like this: