Thu. May 2nd, 2024

मनोरंजनसंसार डटकम
जे.एस इन्टरटेनमेन्ट र जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्र “किङ्ग” ले आफ्नो प्रदर्शन मिति पर सारेको छ | असोज २१ गते तोकिएको प्रदर्शन मिति प्राविधिक कारण बस सार्न परेको कुरा निर्माता जयन श्रेष्ठले जानकारी दिनुभएको छ | यो हिसाबले अब चलचित्र दशैंमा नआउने भएको छ | चलचित्र टिमले आफ्नो अर्को नया प्रदर्शन मिति भने तत्काल तोकेको छैन |
king
सबिर श्रेष्ठको निर्देशनमा बनेको चलचित्रमा नेपाली चलचित्र क्षत्रका एक्शन किङ्ग मानिने नायक निखिल उप्रेती मुख्य भूमिकामा देखिदैछन् | चलचित्रमा उनि संगै अनुपबिक्रम शाही, वेनिशा हमाल, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेका छन् | रामजी लामिछानेको नृत्य समावेश चलचित्रमा वसन्त सापकोटा, सुजेन्द्र डि कार्की सँगै र दिनेश शोनामले सुमधुर संगीत भरेका छन् | चलचित्रमा सञ्जय लामाको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ | चलचित्रका व्रान्ड म्यानेजर अतुलराज मैनाली रहेका छन् |
king
एक्सन लव स्टोरी जेनेरमा केन्द्रित रहेर चलचित्रको कथा बस्तु निकै सरल र सहज रुपमा बुनिएको छ | चलचित्रको मेकिङ्गमा आफुहरुले कुनै पनि किसिमको कमि कमजोरीहरु नछोडेको कुरा निकै अगि देखि नै निर्माता जयन श्रेष्ठले दाबी गर्दै आइरहेका छन् | अमेरिकाबाट फिल्म मेकिङ्ग सम्बन्धि राम्रो अध्यन गरेर आएका उनले आफुले नेपाली दर्शकहरुलाई पूर्ण रुपमा मनोरंजननात्मक चलचित्र प्रदान गर्न खोजेको कुरा स्पस्ट पारेका छन् |
king
अहिले सम्म “कसले चोर्यो मेरो मन”, “काली”, “हमेशा”, “तथास्तु” र “रामप्यारी” जस्ता सुपरहिट चलचित्र दर्शक माझ प्रस्तुत गरिसकेका अब्बल निर्देशक सबिर श्रेष्ठको निर्देशनले पनि चलचित्रलाई अझै राम्रो बनाएको छ | आफुले अहिले सम्म गरेको काम मध्य यस चलचित्रमा अति उत्कृष्ट काम गरेको कुरा उनि बताउछन् | चलचित्र निकै रोमान्चक बनेको र यसले दर्शकहरुलाई पुरा समय रमाइलो प्रदान गर्ने कुरा उनले व्यक्त गरेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
king
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: