Fri. May 17th, 2024

मनोरंजनसंसार डटकम
कृषा चौलागाईं को निर्माण र सुबास कोइरालाले लेखन तथा निर्देशन तयार भएको चलचित्र “पलाँस” ले आफ्नो प्रदर्शन मिति तय गरेको छ | चलचित्रले दिपावलीको अवसर पारेर कार्तिक २६ को लागि प्रदर्शन मिति तोकेको छ | चलचित्रमा रेखा थापा , आयुब केसी , कामेश्वोर चौरसिया , प्रकाश घिमिरे , कमल देवकोटा लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रमा संगीत अर्जुन पोखरेलको रहेको छ भने द्वन्द निर्देशन सानु कुमार महर्जनले गरेका छन् |
palash
चलचित्र टिमले केहि समय अगाडी नै आफ्नो टिजर दर्शक सम्क्ष सार्वजनिक गरिसकेको छ | टिजरमा सस्पेन्स कथाको बिषय बस्तु रहेको देख्न सकिन्छ | चलचित्रमा देखिएको रेखा र कामेश्वरको फरक अवतारलाई लिएर अहिले बजारमा निकै चर्चा भैरहेको छ | बिल्कुलै फरक र पृथक भूमिकामा देखिएका यी २ जोडीको यो पहिलो चलचित्र हो | अब चाडै नै चलचित्रको ट्रेलर समेत सार्वजनिक गर्ने कुराको जानकारी निर्मात्री कृषा चौलागाईंले दिनु भएको छ | चलचित्र निकै राम्रो बनेको र पूर्ण रुपमा इन्टरटेनमेन्ट रहेको कुरा समेत उनले स्पस्ट पारेकी छिन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
palash
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: