Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
भाद्र ३१ गते अर्थात् आज शुक्रबारबाट देशभरको सम्पूर्ण हलहरुबाट एकैसाथ प्रदर्शनमा आएको चलचित्र “गाठो” ले पहिलो दिन मै राम्रो दर्शकहरुको साथ पाउन सफल भएको छ | काठमाडौँ उपत्यका भित्रको हलहरुमा अहिले निकै उत्साह पूर्ण दर्शकहरुको उपस्थिति देखिएको छ | चलचित्रमा अभिनित अहिलेका युवा पुस्ताका कलाकार नजिर हुसेनको क्रेजले पनि राम्रो जादु चलाएको छ | पछिल्लो पटक ब्याक टु ब्याक हिट फिल्म दिएका उनलाई यस चलचित्रमा समेत दर्शकहरुले राम्रो साथ दिएका छन् | त्यस्तै चलचित्रमा अभय बराल , नम्रता श्रेष्ठ लगाएतका कलाकारहरुको पनि अभिनय रहेको छ | चलचित्रले आज पहिलो दिनमै एकदमै राम्रो ओपेनिङ्ग गर्न सफल रहेको छ | राजधानीको सिंगल थिएटर र मल्टिप्लेक्स गरेर पहिलो दिनमै ८० प्रतिशत अकुपेन्सी गर्न सफल भएको छ | त्यस्तै चलचित्रको यो किसिमको सुरुवातले अब भोलिको दिनको लागि राम्रो लक्षण देखाएको छ | अब अगाडिको दिन चलचित्रले निकै राम्रो गर्ने कुरामा विश्लेषक देखि हल ब्यवसाईहरु निकै आशावादी देखिएका छन् |
gaatho
चलचित्रका निर्देशक सुरज भुसाल रहेका छन् | “मौन” र “होस्टेल रिट्रनस” जस्ता सफल चलचित्र दर्शक सम्क्ष प्रस्तुत गरेर आफ्नो पहिचान बनाइसकेका उनको यो तेस्रो चलचित्र हो | चलचित्रका निर्माता तर्फ स्वयम सुरज भुसाल र तिलक बहादुर क्षत्री रहेका छन् | आफुले सधै केहि फरक चिज दर्शकहरु माझ राख्ने प्रयास गरेको र यस पटक पनि केहि पृथक कुरा दर्शकहरुलाई दिने प्रयास गरेको कुरा निर्देशक सुरज भुसालले बताएका छन् | यस चलचित्रमा मान्छेको सम्बन्धको “गाठो” को बास्तविकतालाई निकै सरल र सहज ढंगमा पर्दामा उतार्न खोजिएको छ |
gaatho
चलचित्रको बिषय बस्तु सस्पेन्स जेनेरमा तयार गरिएको छ | ३ कलाकारहरुको सम्बन्धको गहिराइमा चलचित्रको तथ्य कुरा लुकेको छ | अहिलेको युवा पुस्ताको लागि लक्षित गरेर बनाइएको यस चलचित्रमा सबै कुराको मिश्रण देख्न सकिन्छ | चलचित्रक निकै राम्रो बनेको र दर्शकहरुको मन जित्न सफल रहने विश्वास निर्देशक सुरज भुसालले ब्यक्त गरेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: