Thu. May 2nd, 2024

मनोरंजनसंसार डटकम
gajalu
नेपालमा अधिक सफलता हात पारेको चलचित्र “गाजलु” ले अब लण्डनको सिने वर्ल्डमा प्रवेश गरेको छ | अहिले चलचित्र निर्माण भैसके पछि नेपाल बाहिर प्रिमिएर गर्नु सामान्य जस्तै भैसकेको छ चलचित्र बन्नु अगावै नेपाल बाहिर लिएर जाने तय भैसकको हुन्छ | तर चलचित्र त्यहाँ पुगिसकेपछि पनि एउटा सिमित स्थानमा देखाउने चलनलाई अन्त्य गर्दै चलचित्र “गाजलु” ले लण्डनको सिने वर्ल्डमा आफ्नो बिशेष प्रदर्शन गरेको छ | त्यस बिशेष प्रदर्शनमा समेत चलचित्र हेर्न आउने दर्शकको संख्या निकै नै धेरै रहेको पाइएको छ | अल्डरसटको विशेष प्रिमियरपछि यही अगष्ट २६, २७ र २८ मा युकेका १० वटा सिने वर्ल्ड हलमा ‘गाजलु’ देखाउने योजना छ । चिस्विक लन्डन मुख्यालय रहेको सिने वर्ल्ड युरोपमा दोस्रो ठूलो सिनेमा अपरेटर मानिन्छ जसका ९ सहरमा २ हजार सिनेमा हल छन् ।
gajalu
gajalu
gajalu
लण्डनको सिने वर्ल्डमा चलचित्र “गाजलु” लाई इन्टरनेशनल नेपाली फिल्म एकेडेमीले प्रदर्शन गरेको हो | उक्त बिशेष शो को लागि पूर्व मिस नेपाल तथा यस चलचित्रकी नायिका सृष्टि श्रेष्ठ आफ्नो परिवारसहित उपस्थित त्यहाँ उपस्थित भएकी थिइन् | त्यहाँ उनको मुहारमा एक फरक किसिमको चमक देखिएको थियो | आफ्नो पहिलो चलचित्र यसरी यो उचाईमा पुगेको देख्दा आफु निकै उत्साहित हुनुको साथै नेपाली हुनुमा गर्व रहेको कुरा पनि उनले उल्लेख गरेकी छिन् | यसै गरि त्यहाँ उपस्थित सम्पूर्ण दर्शक तथा पत्रकारहरुले यसरी आफ्नो नेपाली चलचित्र यो स्थानमा आएर हेर्न पाउदा निकै खुसि महसुस भएको र नेपालको आनन्द मिलेको कुरा समेत बताएका छन् |
gajalu
gajalu
gajalu
चलचित्र “गाजलु” को निर्माता रोहित अधिकारी हुन् भने हेमराज बिसीले चलचित्रलाई निर्देशन गरेका हुन् | चलचित्रमा “कुमारी” को कथालाई निकै नै सरल र सहज ढंगमा प्रस्तुत गर्न खोजिएको छ | चलचित्रमा अनमोल केसी, सृष्टि श्रेष्ठ , गौरब पहारी, सलोन बस्नेत, मेनुका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल, विश्व बस्नेत, ऋतिक शाही लगायतको कलाकारहरुले अभिनय गरेका छन् | यस चलचित्रले नेपालमा सर्भादिक सफलता समेत हात पारिसकेको छ |
gajalu
gajalu

Leave a Reply

%d bloggers like this: