Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
नेपालकी चर्चित नायिका रेखा थापाको हिजो सालि नदी स्थित मन्दिरमा जन्म दिन मनाइयो | उनि हिजो आईतबारबाट ३१ बर्ष पुरा भएर ३२ लागेकी छिन् | उनि आफ्नो आमा र आफु निकट केहि फिल्मकर्मी तथा सञ्चारकर्मीका साथ सालिनदी पुगेकी थिईन् | त्यहाँ उनले मन्दिरमा पुजा आजा गरेर केक काटेकी थिइन् | उनको लागि त्यो ठाउँ निकै नै आनन्दमय रहेको र त्यो ठाउमा पुग्दा उनलाई मनको शान्ति मिल्ने हुनाले पनि आफुले त्यस ठाउको गएर आफ्नो जन्म दिन मनाएको खुलाशा गरिन | उनले आफ्नो जन्म दिनको केक काटेर सुरुमा आफ्नो आमा सरस्वति थापालाई खुवाइन | उनले ४ लाख खर्च गरेर त्यस मन्दिरको रङ रोदन समेत गरिदिएका थिए | उनले सालिनदी मै स्थानियलाई भोजन गराउनुको साथसाथै ३ जना दृष्टिबिहिनलाई नगद २५ हजार पनि सहयोग गरिन् ।
rekha birthday 1
rekha birthday
हेरो नामक चलचित्र बाट नेपाली चलचित्र क्षत्रमा प्रवेश गरेकी उनले यहाँ सम्म आइपुग्दा अहिले उनको नाम एउटा ब्रान्ड बनिसकेको छ | नेपाली चलचित्र क्षत्रको सफल नायिकाको रुपमा उनले आफुलाई स्थापित गरिसकेकी छिन् | उनले खेलेको दर्जौनौ चलचित्र हिट भए भने पछिल्लो समयमा उनको निर्माणमा बनेको चलचित्र समेत दर्शक माझ सफल रहे | यस्तै रेखा थापालाई उनको जन्म दिनको अवसरमा मनोरंजन संसार परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना |

Leave a Reply

%d bloggers like this: